नेभिगेशन
सबै कुरा

उडिसापुगेका प्रकृतिका बाबु भन्छन्ः 'हामीलाई न्याय चाहिएको छ'

क‍ाठमाडौँ । भारतको उडिसास्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उनका बाबु सुनिल लम्साल उडिसा पुगेका छन् । 

बुटवल स्थायी ठेगाना भएका लम्सालका परिवार काठमाडौमा बस्दै आएको थियो । घटना सुनेलगत्तै प्रकृतिका बाबु लम्साल उडिसाका लागि हिडेका थिए । हिजो मात्रै उडिसा पुगेका लम्सालले भारतीय संचारमाध्यमलाई प्रतिक्रिया दिदै कलेजमा आफ्नी छोरीलाई ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको प्रतिक्रिया दिएका छन् । 

CG

उनले भनेका छन्,'अनुसन्धान चलिरहेको छ, पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ, तर अहिलेसम्म हामीलाई जानकारी भएका घटना विवरण अनुसार अहिले पक्राउ गरिएका व्यक्तीले गरेको ब्ल्याकमेलकै कारण छोरीले आत्महत्या गर्न बाध्य पारिएको हो बुझिन्छ '। 

लम्सालले हिजो युनिभर्सिटी प्रशासनमा छलफल भएपिन केही निष्कर्ष भने ननिस्किएको बताए । त्यस्तै उनले आफ्ना छोरा पनि यहीँ पढ्ने र उसले नै घटनाबारे प्रहरी र प्रशासनलाई जानकारी गराएको बताए। उनले अहिले पक्राउ परेका व्यक्तिनै घटनाको मूल कारण भएको बताए । 

'छोरीको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको छ',उनले भने,'प्रहरी र स्थानीय सरकारले सहयोग गरिरहेका छन्'।

तर उनले युनिभर्सिटीले विद्यार्थीहरूलाई क्याम्पस छोड्न भनिएको विषयमा आपत्ति जनाए।  'विद्यार्थीलाई क्याम्पस छोड्न भनिनु उचित होइन। हामीलाई न्याय चाहिएको छ,'उनले भने।  

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई हिरासतमा लिएको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी...
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...