नेभिगेशन
सबै कुरा

उडिसापुगेका प्रकृतिका बाबु भन्छन्ः 'हामीलाई न्याय चाहिएको छ'

क‍ाठमाडौँ । भारतको उडिसास्थित कालिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उनका बाबु सुनिल लम्साल उडिसा पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवल स्थायी ठेगाना भएका लम्सालका परिवार काठमाडौमा बस्दै आएको थियो । घटना सुनेलगत्तै प्रकृतिका बाबु लम्साल उडिसाका लागि हिडेका थिए । हिजो मात्रै उडिसा पुगेका लम्सालले भारतीय संचारमाध्यमलाई प्रतिक्रिया दिदै कलेजमा आफ्नी छोरीलाई ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको प्रतिक्रिया दिएका छन् । 

Ncell
Extreme Energy

उनले भनेका छन्,'अनुसन्धान चलिरहेको छ, पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ, तर अहिलेसम्म हामीलाई जानकारी भएका घटना विवरण अनुसार अहिले पक्राउ गरिएका व्यक्तीले गरेको ब्ल्याकमेलकै कारण छोरीले आत्महत्या गर्न बाध्य पारिएको हो बुझिन्छ '। 

लम्सालले हिजो युनिभर्सिटी प्रशासनमा छलफल भएपिन केही निष्कर्ष भने ननिस्किएको बताए । त्यस्तै उनले आफ्ना छोरा पनि यहीँ पढ्ने र उसले नै घटनाबारे प्रहरी र प्रशासनलाई जानकारी गराएको बताए। उनले अहिले पक्राउ परेका व्यक्तिनै घटनाको मूल कारण भएको बताए । 

'छोरीको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको छ',उनले भने,'प्रहरी र स्थानीय सरकारले सहयोग गरिरहेका छन्'।

तर उनले युनिभर्सिटीले विद्यार्थीहरूलाई क्याम्पस छोड्न भनिएको विषयमा आपत्ति जनाए।  'विद्यार्थीलाई क्याम्पस छोड्न भनिनु उचित होइन। हामीलाई न्याय चाहिएको छ,'उनले भने।  

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई हिरासतमा लिएको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...

भर्खरै