नेभिगेशन
समाज

पूर्वराजाको स्वागतमा फोहोर र क्षति गरेपछि काठमाडौँ महानगरले तिरायाे राप्रपालाई १ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कारबाही गरेको छ । आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ । 

Extreme Energy

‘प्रस्तुत बिषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २००१ बमोजिम रु १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’, महानगरले पार्टीमा पठाएको पत्रमा भनिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै