नेभिगेशन
समाज

पूर्वराजाको स्वागतमा फोहोर र क्षति गरेपछि काठमाडौँ महानगरले तिरायाे राप्रपालाई १ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कारबाही गरेको छ । आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ । 

Ncell
Extreme Energy

‘प्रस्तुत बिषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २००१ बमोजिम रु १००,०००÷०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’, महानगरले पार्टीमा पठाएको पत्रमा भनिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।
रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन जारी गरेको छ ।
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।