नेभिगेशन
समाज

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

 काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सलाई सरकारले चालू आर्थिक वर्षका लागि ‘महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी)’ सम्मान प्रदान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारततर्फ सबैभन्दा धेरै निर्यात गरेर राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको भन्दै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमार्फत सरकारले उद्योगलाई सम्मान गरेको हो।

Ncell
Extreme Energy

वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानलाई सम्मानपत्र सहित सम्मान गरेको थिए । 

केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।

पछिल्लो पाँच वर्षमा रिलायन्सको निर्यात ४८.६ प्रतिशतले बढेको छ। आव २०७७/७८ मा ४ अर्ब ६४ करोड रुपैयाँको निर्यात गरेको कम्पनीले आव २०८०/८१ मा ६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको निर्यात गरेको छ।

रिलायन्सले यसअघि पनि विभिन्न राष्ट्रिय तथा क्षेत्रीय सम्मान प्राप्त गरिसकेको छ। २०८१ पुसमा ‘उत्कृष्ट रोजगारदाता उद्योग’ का रूपमा सम्मानित कम्पनीले रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वमा समेत महत्वपूर्ण काम गर्दै आएको छ।

कम्पनीका अनुसार हाल रिलायन्समा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। कर्मचारीका लागि आवास, बालबालिकाका लागि डे केयर सेन्टर, स्तनपान कक्ष, स्वास्थ्य सेवा, अध्ययनको व्यवस्था लगायतका सुविधा उपलब्ध छन्।

कम्पनी स्थापना भएको २७ वर्षको अवधिमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सुरुवाती ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको उद्योग हाल १ लाख २ हजार ८२४ स्पिन्डल क्षमतासहित सञ्चालनमा छ।

उद्योगले हाल वार्षिक ५० हजार मेट्रिक टनभन्दा बढी उत्पादन क्षमता हासिल गरिसकेको छ। आव २०७६/७७ मा ३० हजार मेट्रिक टन उत्पादन क्षमता रहेकोमा आव २०८१/८२ मा ५० हजार १६३ मेट्रिक टन पुगेको छ।

विद्युत आपूर्तिमा आत्मनिर्भर बन्न कम्पनीले ९.२ मेगावाट क्षमताको सौर्य प्लान्टसमेत जडान गरेको छ।

३६ वर्षीय अक्षय गोल्यानको नेतृत्वमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिएस्टर, भिस्कोस, एक्रिलिक, टेक्सचर्ड यार्नलगायतका उत्पादन गर्दै आन्तरिक बजारसँगै भारत, टर्की लगायतका मुलुकमा निर्यात गरिरहेको छ।

नेपालकै ठूलो स्पिनिङ उद्योगका रूपमा चिनिएको रिलायन्सले निर्यात, उत्पादन र रोजगारीका सूचकमा निरन्तर प्रगति गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।