नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

जाजरकोटमा 'नेता' आतंक, पीडितले पाल पनि पाएनन्

जाजरकोट । जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको एक साता भयो । जाजरकोट जिल्लामा मात्रै प्रभावितको संख्या ३४ हजार भन्दा धेरै परिवार छन् । उनीहरू मध्ये करिब १० हजार परिवारका घर पूर्णरुपमा ढलेका छन् भने बाँकी घर बस्न मिल्ने छैनन् ।

भूकम्पका पराकम्पनका कारण चक्कीएका घर अहिले पनि भत्किरहेका छन् । भूकम्प लगत्तै उद्धारमा प्रशंसनीय काम गरेको सरकारले राहत वितरण भने प्रभावकारी बनाउन सकेको छैन । जाजरकोट र रुकुम पश्चिममा अझै १२ हजार भूकम्प पीडितले पाल समेत नपाएको प्रशासनकै तथ्याङ्कले देखाउँछ ।

उनीहरूको राहतका लागि प्रयोग हुनु पर्ने नेपाली सेनाका हेलिकप्टर, राहत पुर्याउन भन्दा बढी नेता र मन्त्रीहरू ओर्सान व्यस्त भएको देखिएको छ ।

अझ भिआइपी, भिभिआइपीको भ्रमणले जाजरकोट र रुकुम पश्चिममा सरकारी संयन्त्र भूकम्प प्रभावितको राहत वितरणमा खटिन समस्या भएको देखिएको छ । जाजरकोटबाट फर्केपछि तयार पारिएको भिडियो सामाग्री ः 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।