नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

जाजरकोटमा 'नेता' आतंक, पीडितले पाल पनि पाएनन्

जाजरकोट । जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको एक साता भयो । जाजरकोट जिल्लामा मात्रै प्रभावितको संख्या ३४ हजार भन्दा धेरै परिवार छन् । उनीहरू मध्ये करिब १० हजार परिवारका घर पूर्णरुपमा ढलेका छन् भने बाँकी घर बस्न मिल्ने छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पका पराकम्पनका कारण चक्कीएका घर अहिले पनि भत्किरहेका छन् । भूकम्प लगत्तै उद्धारमा प्रशंसनीय काम गरेको सरकारले राहत वितरण भने प्रभावकारी बनाउन सकेको छैन । जाजरकोट र रुकुम पश्चिममा अझै १२ हजार भूकम्प पीडितले पाल समेत नपाएको प्रशासनकै तथ्याङ्कले देखाउँछ ।

Ncell
Extreme Energy

उनीहरूको राहतका लागि प्रयोग हुनु पर्ने नेपाली सेनाका हेलिकप्टर, राहत पुर्याउन भन्दा बढी नेता र मन्त्रीहरू ओर्सान व्यस्त भएको देखिएको छ ।

अझ भिआइपी, भिभिआइपीको भ्रमणले जाजरकोट र रुकुम पश्चिममा सरकारी संयन्त्र भूकम्प प्रभावितको राहत वितरणमा खटिन समस्या भएको देखिएको छ । जाजरकोटबाट फर्केपछि तयार पारिएको भिडियो सामाग्री ः 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...