नेभिगेशन
समाज

सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । 

गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार पहिरोले पाँचपन–चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुयभो । उहाँका अनुसार वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण आज बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

Ncell
Extreme Energy

सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गरे । बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक आजैदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो, एक जना बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो, एक जना बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका–९ मा पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तसमान तामाङ रहेको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए ।
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त...
शुक्लाफाँटामा हराएका १४ महिला रातभरि बसेका थिए रुखको ओतमा

शुक्लाफाँटामा हराएका १४ महिला रातभरि बसेका थिए रुखको ओतमा

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाहरु च्याउ खोज्न भन्दै निकुञ्ज क्षेत्र प्रवेश गरेका थिए । तर वर्षात, कुहिरोका कारण बाटो भुलेपछि...
उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा...