नेभिगेशन
मुख्य समाचार

स्वास्थ्यमन्त्री मेहताको एक्सन: उपेन्द्र महतोको मेडिसिटीदेखि सुनिल शर्माको केमसी र नोबेलसम्म कारबाहीमा

बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुल्क नतिर्ने अस्पताल तथा मेडिकल कलेजहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएकी छिन् । 

मन्त्री मेहताको निर्देशनमा स्वास्थ्य मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेडसंख्याअनुसार शुल्क नबुझाउने स्वास्थ्य संस्थाहरुमा नेपाल मेडिसिटी अस्पताल ललितपुर १८ लाख, गण्डकी मेडिकल कलेज पोखरा १० लाख, नोबेल मेडिकल कलेज विराटनगर २४ लाख ४४ हजार, नेपाल मेडिकल कलेज १० लाख, किष्ट मेडिकल कलेज ललितपुर १८ लाख, धुलिखेल अस्पताल १७ लाख, मणिपाल कलेज पोखरा १८ लाख, काठमाडौं मेडिकल कलेज १८ लाख, देवदह मेडिकल कलेज ८ लाख, युनिभर्सल मेडिकल कलेज भैरहवा ३० लाख रुपैयाँ वक्यौता रहेको छ । 

Ncell
Extreme Energy

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कानुन र मापदण्ड विपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेकी छिन् । 

WhatsApp-Image-2026-06-09-at-07.21.32-1780975705.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
वैद्यखानाले गति लिएकोमा कांग्रेस महामन्त्रीले गरे बालेनको प्रशंसा, सरकारलाई ६ बुँदे सुझाव

वैद्यखानाले गति लिएकोमा कांग्रेस महामन्त्रीले गरे बालेनको प्रशंसा, सरकारलाई ६ बुँदे सुझाव

कांग्रेस महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति...
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ ।

भर्खरै