नेभिगेशन
समाज

स्थानीयको सहभागितामा सिद्धपोखरीको मर्मत कार्य सञ्चालन(तस्बिरहरु)

काठमाडौँ । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ। भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समिति गठन गरिएको छ। समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्ममा मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले मर्मतका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा अन्य संरचनाको मर्मत भइरहेको छ। नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न संघसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ। सार्वजनिक बिदाका दिन स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको बताइएको छ। भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा हो। भक्तपुर दरबार क्षेत्र तथा अन्य ऐतिहासिक सम्पदा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणको केन्द्र बनेको छ। चारैतिर बलियो पर्खालले घेरिएको तथा कलात्मक प्रवेशद्वारहरू रहेको यस आयताकार पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट, उत्तर–दक्षिण चौडाइ २४९ फिट र गहिराइ करिब १० फिट रहेको छ। नेपाल संवत् २३९ अर्थात् १३औँ शताब्दीको प्रारम्भतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना तथा ठूला मानव निर्मित पोखरीहरूमध्ये एक मानिन्छ। प्रारम्भमा ‘इन्द्र दह’ नामले परिचित यस पोखरीलाई १५औँ शताब्दीमा राजा यक्ष मल्लले जीर्णोद्धार गराएका थिए। नेपाल एकीकरणपछिको समयमा भीमसेन थापाको कार्यकालमा पुनःनिर्माण गरी यसलाई ‘सिद्धपोखरी’ नामकरण गरिएको इतिहास रहेको छ। नगरपालिकाले पुर्खाको गौरवशाली इतिहास तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी तथा अन्य सम्पदाहरूको नियमित सरसफाइ, मर्मत तथा पुनःनिर्माण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
।‌ तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

IMG-20260609-WA0491-1781067641.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260609-WA0493-1781067641.jpg

Ncell
Extreme Energy

IMG-20260609-WA0494-1781067641.jpg

IMG-20260609-WA0490-(1)-1781067640.jpg

IMG-20260609-WA0485-1781067638.jpg

IMG-20260609-WA0479-1781067637.jpg

IMG-20260609-WA0480-1781067638.jpg

IMG-20260609-WA0490-1781067640.jpg

IMG-20260609-WA0488-1781067639.jpg

IMG-20260609-WA0489-1781067639.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।