नेभिगेशन
बजार

यशोदा फुड्सले भन्यो, ‘करेन्ट हट एण्ड स्पाईसी चाउचाउ’मा कैफियत छैन

काठमाडौँ । यशोदा फुड्स प्रालिले फेब्रुअरी २३ मा उतपादन भएका बाहेक अन्य मितिमा उत्पादन भएको करेन्ट चाउचाउमा कुनै कैफियत नरहेको दावी गरेको छ । यशोदा फुड्सले एक विज्ञप्ती जारी गर्दै करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिती तथा ब्याच नं. २०२६/०२/२३—०४ए को चाउचाउ बाहेक अन्य उत्पादनमा कुनै कैफियत नरहेको जनाएको हो । 

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मिति तथा ब्याच नं. २०२६/०२/२३—०४ए को चाउचाउ बाहेक अन्य मितीमा उत्पादीत ब्याच नं.०४ ए वा सो भन्दा फरक ब्याच नं. भएका सम्पुर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिने भएकोले ढुक्क साथ उपभोग तथा विक्री वितरण गर्नु गराउनुहुन यहाँहरु सबैमा हार्दीक अनुरोध गर्दछौँ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा कैफियत देखाउँदै मिती तथा ब्याच नं. २०२६/०२/२३—०४ए तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको थियो । 

Ncell
Extreme Energy

उक्त आदेशपछि कम्पनीले प्रष्टिकरण दिदै सो मिति बाहेक अन्य मितिमा उत्पादित चाउचाउमा कुने समस्या नरहेको बताएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।