नेभिगेशन
बजार

iCAUR V23 मा विशेष अफर, ५३.९९ लाखकाे गाडी ५०.९९ लाखमै पाइने

काठमाडौँ । नेपालका लागि iCAURको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले iCAUR V23 मा विशेष सीमित-स्टक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले रु. ५०.९९ लाखको पूर्व-बजेट मूल्यमा iCAUR V23 खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य रु. ५३.९९ लाख कायम गरिएको छ।

हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य रु. ५३.९९ लाख निर्धारण गरिएको छ। तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै SPG Automobiles ले सीमित संख्यामा उपलब्ध स्टकका लागि iCAUR V23 लाई पुरानै मूल्य रु. ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस विशेष अफरमार्फत ग्राहकहरूले रु. ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य रु. ५३.९९ लाख अनुसार हुनेछन्।

Marvel
Extreme Energy

iCAUR V23 नेपालका आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको कम्पनीकाे दावी छ । रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ kWh ब्याट्री क्षमता, ४०१ किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज, तथा २१० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली EV पारखीहरूको रोजाइको गाडी बनाएको कम्पनीले जनाएकाे छ।

यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको iCAUR शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न कम्पनीले नुरोध गरेकाे छ । यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ।

SPG Automobiles Pvt. Ltd. नेपालका लागि OMODA, JAECOO र iCAUR ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...