नेभिगेशन
समाज

आगजनीपछि खण्डहर गोदावरीको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरु)

काठमाडौँ । ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ।
Godawari-sun-rise-conference-Hall-_-684-1783491067.jpg
भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
Godawari-sun-rise-conference-Hall-_-683-1783491066.jpg
सरकारी संरचना भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तथा भदौ २० देखि २२ गतेसम्म नेकपा (एमाले) को विधान महाधिवेशन यही हलमा आयोजना गरिएको विषयलाई बहाना बनाएर प्रदर्शनकारीहरूले सम्मेलन केन्द्रलाई निसाना बनाएको बताइएको छ।
Godawari-sun-rise-conference-Hall-_-682-1783491064.jpg
गोदावरीको ४३ रोपनी १५ आनामा निर्माण गरिएको उक्त सम्मेलन केन्द्र करिब तीन हजार दर्शक तथा सहभागी अट्ने क्षमताको छ । शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री ओलीबाट भवनको शिलान्यास गराएको थियो भने २०७८ वैशाख ३१ गते प्रधानमन्त्री ओलीले नै भर्चुअल माध्यमबाट यसको उद्घाटन गरेका थिए।
Godawari-sun-rise-conference-Hall-_-680-1783491062.jpg
सुरुमा करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको परियोजनाको लागत बढेर झन्डै ८१ करोड रुपैयाँ पुगेको थियो। केसी–समानान्तर जेभीले निर्माणको ठेक्का पाएको यस परियोजनाको निर्माण अवधि दुई पटक थप गरिएको थियो।
Godawari-sun-rise-conference-Hall-_-675-1783491055.jpg
२०७८ असारदेखि सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति मार्फत सञ्चालन हुँदै आएको थियो । सम्मेलन केन्द्रका लागि मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको विषय पनि यसअघि उठ्दै आएको थियो ।
Godawari-sun-rise-conference-Hall-_-669-1783491048.jpg
सरकारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन सञ्चालनका लागि निर्माण गरिएको यो आधुनिक पूर्वाधारमा भएको क्षतिले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Godawari-sun-rise-conference-Hall-_-668-1783491033.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Godawari-sun-rise-conference-Hall-_-667-1783491044.jpg

Ncell
Extreme Energy

Godawari-sun-rise-conference-Hall-_-668-1783491044.jpg

Godawari-sun-rise-conference-Hall-_-669-1783491048.jpg

Godawari-sun-rise-conference-Hall-_-669-1783491048.jpg

Godawari-sun-rise-conference-Hall-_-674-1783491053.jpg

Godawari-sun-rise-conference-Hall-_-676-1783491056.jpg

Godawari-sun-rise-conference-Hall-_-680-1783491062.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation