नेभिगेशन
सबै कुरा

मुगुमा एक बालिकामाथी सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ

मुगु । मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय वसन्त बहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया समेत रहेका छन्  । नगर प्रहरी कार्की सोही नगरपालिकाका वडा नं ५ निवासी हुन् । त्यस्तै पक्राउ परेका अन्य ३ जना बालक भएका कारण उनीहरुको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

उनीहरू सबैलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीले जानकारी गराए । प्रहरीका अनुसार उक्त घटनामा कृषि विकास कार्यालय गमगढीकै सवारी चालक ३० वर्षीय पदम बहादुर कठायत सहित चार जना फरार छन् । चालक कठायत चन्दननाथ नगरपालिका–७ का बासिन्दा हुन् । 

बालिकामाथि भाद्र १६ र असोज १० गते उक्त समूहले छुट्टाछुट्टै समयमा सामुहिक बलात्कार गरेको भन्दै बालिकासहित उनका आफन्तले ९ जनाविरुद्ध पुस २३ गते जिल्ला  प्रहरी कार्यालय, मुगुमा उजुरी दिएका थिए । 

पीडित पक्षको उजुरीपश्चात ९ जना मध्ये ५ जनालाई गमगढी बजारबाट पक्राउ गरिएको र चालक भनिएका ३० वर्षिया पदम बहादुर कठायत, मुगु छाँयानाथ रारा नगरपालिकाका १४ का १४ बर्षिया १ बालक र सोही स्थानका १५ वर्षिया २ बालक गरि ४ जना फरार रहेको प्रहरीले जनाएको छ ।

गर्भ रहेको थाहा पाएपछि परेको थियो उजुरी

बालिकाको स्वास्थ्य अवस्था बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो । अस्पतालमा चेकजाँचका क्रममा उनको पेटमा १८ हप्ताको गर्भ रहेको देखिएको थियो । गर्भ रहेको थाहा पाएपछि बालिकाले आफूमाथि विभिन्न प्रलोभन देखाएर उक्त समूहले बलात्कार गरेको परिवारलाई बताएकी थिइन् ।ततपश्चात प्रहरीमा उजुरी परेकाे हाे । 

बालिकाका अनुसार असोज १० गते वसन्त बहादुर कार्कीले आफू बस्ने डेरामै गई एकछिन काम छ भनी बोलाएर तान्दै उसको कोठामा लगेको र त्यहाँ वसन्त रोकाया र पदमबहादुर रोकायासमेतले मिलेर उनीमाथि बलात्कार गरेका हुन् ।  बालिकाको बयान र जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले फरार भएकाहरूलाई पनि खोजि गरिरहेको बताएको छ । पीडित बालिकालाई हाल एक संस्थाको संरक्षणमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...