नेभिगेशन
सबै कुरा

मुगुमा एक बालिकामाथी सामुहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ

मुगु । मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय वसन्त बहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया समेत रहेका छन्  । नगर प्रहरी कार्की सोही नगरपालिकाका वडा नं ५ निवासी हुन् । त्यस्तै पक्राउ परेका अन्य ३ जना बालक भएका कारण उनीहरुको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

उनीहरू सबैलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीले जानकारी गराए । प्रहरीका अनुसार उक्त घटनामा कृषि विकास कार्यालय गमगढीकै सवारी चालक ३० वर्षीय पदम बहादुर कठायत सहित चार जना फरार छन् । चालक कठायत चन्दननाथ नगरपालिका–७ का बासिन्दा हुन् । 

बालिकामाथि भाद्र १६ र असोज १० गते उक्त समूहले छुट्टाछुट्टै समयमा सामुहिक बलात्कार गरेको भन्दै बालिकासहित उनका आफन्तले ९ जनाविरुद्ध पुस २३ गते जिल्ला  प्रहरी कार्यालय, मुगुमा उजुरी दिएका थिए । 

पीडित पक्षको उजुरीपश्चात ९ जना मध्ये ५ जनालाई गमगढी बजारबाट पक्राउ गरिएको र चालक भनिएका ३० वर्षिया पदम बहादुर कठायत, मुगु छाँयानाथ रारा नगरपालिकाका १४ का १४ बर्षिया १ बालक र सोही स्थानका १५ वर्षिया २ बालक गरि ४ जना फरार रहेको प्रहरीले जनाएको छ ।

गर्भ रहेको थाहा पाएपछि परेको थियो उजुरी

बालिकाको स्वास्थ्य अवस्था बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो । अस्पतालमा चेकजाँचका क्रममा उनको पेटमा १८ हप्ताको गर्भ रहेको देखिएको थियो । गर्भ रहेको थाहा पाएपछि बालिकाले आफूमाथि विभिन्न प्रलोभन देखाएर उक्त समूहले बलात्कार गरेको परिवारलाई बताएकी थिइन् ।ततपश्चात प्रहरीमा उजुरी परेकाे हाे । 

बालिकाका अनुसार असोज १० गते वसन्त बहादुर कार्कीले आफू बस्ने डेरामै गई एकछिन काम छ भनी बोलाएर तान्दै उसको कोठामा लगेको र त्यहाँ वसन्त रोकाया र पदमबहादुर रोकायासमेतले मिलेर उनीमाथि बलात्कार गरेका हुन् ।  बालिकाको बयान र जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले फरार भएकाहरूलाई पनि खोजि गरिरहेको बताएको छ । पीडित बालिकालाई हाल एक संस्थाको संरक्षणमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...