नेभिगेशन
नेताका कुरा

ओलीसँगको भेटमा प्रचण्डले राखेका दुई प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दिउँसो भेटवार्ता भएको छ । पार्टी कार्यक्रमका लागि जनकपुर जानुपूर्व प्रचण्ड ओली भेट्न उनकै निवास भक्तपुरको गुण्डु पुगेका थिए ।

ओलीसँगको भेटमा संयोजक प्रचण्डले दुइटा प्रस्ताव राखेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सिधाकुरालाई जानकारी दिए । उनका अनुसार प्रचण्डले ओलीसँग प्रदेशहरूका सर्वदलीय सरकार बनाउने र वाम सहकार्यको प्रस्ताव राखेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रदेश सरकार हेरफेर हाम्रो चासो र सरोकारको विषय थिएन । तर प्रदेशको सरकारबाट कांग्रेस र एमाले हट्ने, सरकार फेरबदल हुने अवस्था देखिएपछि हामीले पनि चासो राख्नुपर्ने भयो,’ उनले भने, ‘यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान पक्षधर शक्तिहरू पुनः मिलेर एकताको सन्देश दिऔं भन्ने सरसल्लाह भएर संयोजकले प्रस्ताव गर्नुभएको हो ।’

Ncell
Extreme Energy

श्रीलंकाबाट फर्किएलगत्तै प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल छलफल गरेर प्रदेशहरूमा सर्वपक्षीय सरकार बनाउने साझा निचोड निकालेका थिए ।

पुराना दलहरूबीचको तिक्तता, बेमेल र विमतिको शृंखलाका कारण मुलुक यहाँ पुगेको उनीहरूको निष्कर्ष रहेको ज्वालाले बताए ।

यसबीचमा सहसंयोजक नेपालले कांग्रेसका सभापति गगन थापासहितका नेतासँग औपचारिक, अनौपचारिक कुराकानी गरेका छन् । उनीहरूबाट ठोस धारणा आइसकेको छैन ।

कांग्रेससहितको सर्वदलीय सरकार बन्न नसके एमाले र नेकपा वाम सहकार्य गरेर जान सकिने विषयमा पनि कुराकानी भएको ज्वालाको भनाइ छ ।

‘आज साँझ या भोलिसम्म अध्यक्ष जनकपुरको कार्यक्रम सकेर फर्कनुहुन्छ । उहाँ फर्किएपछि कांग्रेस सभापति गगन थापासहितका नेतासँग पनि छलफल गर्नुहुन्छ । सर्वदलीय सरकार नबने पनि एमाले र नेकपाबीच सहकार्यको सम्भावना हुनसक्छ,’ उनले भने ।

ओलीको भेटपछि जनकपुर पुगेका प्रचण्डले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बन्दै गएको बताएका थिए ।

जनकपुरधाम विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले नेकपा र एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका थिए । उनले पनि तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए । 

एमालेका सचिव महेश बस्नेतले पनि एमाले र नेकपाबीच सहकार्यको ढोका खुल्न लागेको दाबी गरेका थिए । उनले पनि प्रचण्डको भनाइ उद्धृत गर्दै सहकार्यको सम्भावना बताएका थिए ।

‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ, ‘उनले भनेका थिए, ‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभइ मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस् ।’

वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायीत्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा उनको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले असोज ३ गते सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन सार्वजनिक अपिल गरेका छन् ।
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह...
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...