नेभिगेशन
सबै कुरा

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा अनुसन्धान गर्न १३ दिन म्याद थप

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए । उहाँका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् । 

Ncell
Extreme Energy

स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् । 

अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन् । “चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही युवकले अन्य छ जना समेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...