नेभिगेशन
सबै कुरा
हुण्डीको नाइकेमाथि राजश्वको अपरेसन

बरामद रकम अझै गनिसकिएन, २ हजार अमेरिकी डलर पनि फेला

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट बरामद गरेको हुण्डीको रकम अझै गनेर नसकिएको जनाएको छ । बिहिबार बेलुका विभागले गरेको विशेष अपरेसनमा नरेश अग्रवालसहित ४ जना पक्राउ परेका छन् । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अग्रवालको घरबाट बरामद गरिएको रकम अझै गनेर सकिएको छैन । 

शुक्रबार मध्यन्न १२ बजेसम्म २ करोड ३० लाख रुपैयाँ गन्न भ्याइएको छ । विभागको अनुसन्धान टोलीले अझै बरामद भएको रकम गनिरहेका छन् । हालसम्म २ करोड ३० लाख नेपाली रुपैयाँ, २ हजार अमेरिकी डलर गनिसकिएको विभागले जनाएको छ ।  

Global Ime Bank

न्यूरोड र क्षेत्रपाटी क्षेत्रमा होलसेल कपडाको व्यापार गर्ने अग्रवालले अवैध हुण्डीको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा विभागले बिहिबार विशेष कारबाही अघि बढाएको थियो । नगदसहित पक्राउ परेका अन्य ३ जनाको भने विभागले परिचय खुलाएको छैन् । यस प्रकरणमा थप अनुसन्धान गरिरहेको पनि विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...

भर्खरै