नेभिगेशन
सबै कुरा
हुण्डीको नाइकेमाथि राजश्वको अपरेसन

बरामद रकम अझै गनिसकिएन, २ हजार अमेरिकी डलर पनि फेला

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट बरामद गरेको हुण्डीको रकम अझै गनेर नसकिएको जनाएको छ । बिहिबार बेलुका विभागले गरेको विशेष अपरेसनमा नरेश अग्रवालसहित ४ जना पक्राउ परेका छन् । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अग्रवालको घरबाट बरामद गरिएको रकम अझै गनेर सकिएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार मध्यन्न १२ बजेसम्म २ करोड ३० लाख रुपैयाँ गन्न भ्याइएको छ । विभागको अनुसन्धान टोलीले अझै बरामद भएको रकम गनिरहेका छन् । हालसम्म २ करोड ३० लाख नेपाली रुपैयाँ, २ हजार अमेरिकी डलर गनिसकिएको विभागले जनाएको छ ।  

CG

न्यूरोड र क्षेत्रपाटी क्षेत्रमा होलसेल कपडाको व्यापार गर्ने अग्रवालले अवैध हुण्डीको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा विभागले बिहिबार विशेष कारबाही अघि बढाएको थियो । नगदसहित पक्राउ परेका अन्य ३ जनाको भने विभागले परिचय खुलाएको छैन् । यस प्रकरणमा थप अनुसन्धान गरिरहेको पनि विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको...
कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते,  आशंकामा एक जना पक्राउ

कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ

शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद  विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको...
फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज...