नेभिगेशन
सबै कुरा
राजश्व अनुसन्धानको फन्दामा हुण्डी कारोबारी :

घरमै पैसाको खात, मोटरसाइकलमै लाखौँ रुपैयाँ डेलिभरी

काठमाडौँ । राजश्व अनुसन्धान विभागमा गत महिना एउटा सूचना आयो ‘केही मानिसहरु संगठित रुपमा हुण्डी कारोबारमा संलग्न भएको ।’ उसै दैनिक सयौं उजुरीहरु पर्ने विभाग सूचनाको प्रशोधन र त्यसको सहि निशाना लगाउन कयौं पटक पहल गर्छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, कयौं सूचनाहरु दुःख दिने र प्रतिष्पर्धीलाई अप्ठ्यारोमा पार्ने खालका हुने हुँदा विभागको मेहनत र अनुसन्धान खेर मात्रै जान्छ । तर, यो पटक हुण्डीबारेमा आएको सुराकमा केही  परिपक्वता थियो । यो सूचनामा कच्चा सूचना मात्रै थिएन, केही बलियो आधार र लोकेसन पनि थियो । ति कारोबारीलाई कहाँ ट्र्याक गर्ने भन्ने पनि थियो,’ विभाग स्रोतले भन्यो । एक सातादेखि विभागबाट परिचालन भएको टोलीले सूचना प्रशोधन र लोकेसन ट्रयाक गरिरहेको थियो । सूचना पछ्याएर छद्म भेषमा पछि लागेको विभागको टोलीले बिहिबार बिहान असनको मख्खन गल्लीबाट दीपक ठकुरीलाई नियन्त्रणमा लियो । एउटा साँघुरो घरको ५ औं तलामा रहेका ठकुरीको साथबाट विभागको टोलीले ३३ लाख नगद फेला पर्यो । उक्त रकमको उद्येश्य र स्रोतबारे अनुसन्धान अधिकारीहरुले चासो राखे तर ठकुरीले खुलाउन सकेनन् । 

Ncell
Extreme Energy


यो पैसा कसैलाई दिनु छ कि कसैबाट लिएको भन्ने अधिकारीहरुको प्रश्नमा ठकुरीले ताहाचलका मनमोहन साह कलवारको नाम लिए । दीपकलाई साथै लिएर विभाग टोली ताहाचल पुग्यो । दीपककै सम्पर्कबाट मनमोहनलाई बोलाइयो, मनमोहन आउने बित्तिक्कै विभागको फन्दामा परे । उनको घर खानतलासी गर्दा ७४  लाख रुपैयाँ नगद भेटियो । यत्तिका धैरै रकम घरमा राखेकोबारे विभागले स्रोत खोजी गर्यो ।

तर, उनले खुलाउन सकेनन् । यत्तिकैमा उनीहरुलाई पैसा पुर्याउन कोही आएको सुनिने गरी फोन बज्यो । विभागको रोहबरमा ति मानिस भेट्न दीपक र मनमोहन लिएर लनेकेसन तर्फ टोली हिँड्यो । दीपक र मनमोहनलाई पैसा पुर्याउन आएका थिए दिवश ठकुरी, लोकेसन थियो कलंकी खसीबजारको भाटभटेनी अगाडि । 


दीपक र मनमोहनको सम्पर्क सुत्रबाट विभागको टोली त्यहीँ पुग्यो । एक जना युवक पैसा भरिएको झोला बोकेर मोटरसाइकलमा त्यहाँ कुरी रहेका थिए । त्यहाँ पुगेलगत्तै विभागका अनुसन्धान अधिकारीहरुले उनलाई नियन्त्रणमा लियो । उनको साथबाट २१ लाख रुपैयाँ बरामद भयो । घर र बाटोमै लाखौं रुपैयाँ बोकेर मानिसहरु हिँडीरहेको फेला पारेको विभाग जसरी पनि हुण्डी कारोबारीको जरो मै पुग्ने दाउमा थियो । संयोगले बिहीबार नै ति तीनै जनाको सम्पर्कमा देखिए क्षेत्रपाटीका नरेश अग्रवाल । 

क्षेत्रपाटीमा कपडाको होलसेल व्यावसाय गर्ने अग्रवाल आवरणमा भने सामान्य व्यापारी झैँ लाग्थे । तर, अग्रवाल र विभागले नियन्त्रणमा लिएकाहरुको बाक्लो उठबस र सम्पर्क देखिएपछि अनुसन्धान अधिकृतहरु राती साँढे ७ बजे अग्रवालको घर क्षेत्रपाटीमा पुगे । उनलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा एक करोड रुपैयाँ नगदको चाङ र केही मात्रामा अमेरिकी डलर भेटियो । 


बहिबार दिनभरको अपरेसनमा बरामद भएको रकम र पक्राउ परेकाहरु लिएर विभागको टोली साँझ कार्यालयमा फर्कियो । कार्यालयमा आएर गणना गर्दा २ करोड ३० लाख ९९ हजार रुपैयाँ नेपाली र एक हजार ९९४ अमेरिकी डलर रहेको पुष्टी भयो । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार एकै दिनको अपरेसनमा विभागले यो तहको कारबाही सम्पन्न गरेको हो । 

‘एकै दिनमा विभागको आफ्नै सक्रियातामा यो अपरेशन सम्पन्न भयो,’ उनले भने, ‘बिस्तृत अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकाहरुको परिचय विभागले अझै गोप्य राखेको छ । उनीहरुको साथबाट प्राप्त प्रमाणहरुले थप अनुसन्धानमा थप सघाउ पुग्ने  र हुण्डीको जरोसम्मै पुग्ने विभागको विश्वास छ । पक्राउ परेकहरुलाई ७ दिन म्याद थप गरेर विभागले हिरासतमा राखेको छ । उनीहरुबिरुद्ध विदेशी बिनिमय ऐनअनसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...