नेभिगेशन
सबै कुरा
राजश्व अनुसन्धानको फन्दामा हुण्डी कारोबारी :

घरमै पैसाको खात, मोटरसाइकलमै लाखौँ रुपैयाँ डेलिभरी

काठमाडौँ । राजश्व अनुसन्धान विभागमा गत महिना एउटा सूचना आयो ‘केही मानिसहरु संगठित रुपमा हुण्डी कारोबारमा संलग्न भएको ।’ उसै दैनिक सयौं उजुरीहरु पर्ने विभाग सूचनाको प्रशोधन र त्यसको सहि निशाना लगाउन कयौं पटक पहल गर्छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, कयौं सूचनाहरु दुःख दिने र प्रतिष्पर्धीलाई अप्ठ्यारोमा पार्ने खालका हुने हुँदा विभागको मेहनत र अनुसन्धान खेर मात्रै जान्छ । तर, यो पटक हुण्डीबारेमा आएको सुराकमा केही  परिपक्वता थियो । यो सूचनामा कच्चा सूचना मात्रै थिएन, केही बलियो आधार र लोकेसन पनि थियो । ति कारोबारीलाई कहाँ ट्र्याक गर्ने भन्ने पनि थियो,’ विभाग स्रोतले भन्यो । एक सातादेखि विभागबाट परिचालन भएको टोलीले सूचना प्रशोधन र लोकेसन ट्रयाक गरिरहेको थियो । सूचना पछ्याएर छद्म भेषमा पछि लागेको विभागको टोलीले बिहिबार बिहान असनको मख्खन गल्लीबाट दीपक ठकुरीलाई नियन्त्रणमा लियो । एउटा साँघुरो घरको ५ औं तलामा रहेका ठकुरीको साथबाट विभागको टोलीले ३३ लाख नगद फेला पर्यो । उक्त रकमको उद्येश्य र स्रोतबारे अनुसन्धान अधिकारीहरुले चासो राखे तर ठकुरीले खुलाउन सकेनन् । 

Extreme Energy
citizen life


यो पैसा कसैलाई दिनु छ कि कसैबाट लिएको भन्ने अधिकारीहरुको प्रश्नमा ठकुरीले ताहाचलका मनमोहन साह कलवारको नाम लिए । दीपकलाई साथै लिएर विभाग टोली ताहाचल पुग्यो । दीपककै सम्पर्कबाट मनमोहनलाई बोलाइयो, मनमोहन आउने बित्तिक्कै विभागको फन्दामा परे । उनको घर खानतलासी गर्दा ७४  लाख रुपैयाँ नगद भेटियो । यत्तिका धैरै रकम घरमा राखेकोबारे विभागले स्रोत खोजी गर्यो ।

तर, उनले खुलाउन सकेनन् । यत्तिकैमा उनीहरुलाई पैसा पुर्याउन कोही आएको सुनिने गरी फोन बज्यो । विभागको रोहबरमा ति मानिस भेट्न दीपक र मनमोहन लिएर लनेकेसन तर्फ टोली हिँड्यो । दीपक र मनमोहनलाई पैसा पुर्याउन आएका थिए दिवश ठकुरी, लोकेसन थियो कलंकी खसीबजारको भाटभटेनी अगाडि । 


दीपक र मनमोहनको सम्पर्क सुत्रबाट विभागको टोली त्यहीँ पुग्यो । एक जना युवक पैसा भरिएको झोला बोकेर मोटरसाइकलमा त्यहाँ कुरी रहेका थिए । त्यहाँ पुगेलगत्तै विभागका अनुसन्धान अधिकारीहरुले उनलाई नियन्त्रणमा लियो । उनको साथबाट २१ लाख रुपैयाँ बरामद भयो । घर र बाटोमै लाखौं रुपैयाँ बोकेर मानिसहरु हिँडीरहेको फेला पारेको विभाग जसरी पनि हुण्डी कारोबारीको जरो मै पुग्ने दाउमा थियो । संयोगले बिहीबार नै ति तीनै जनाको सम्पर्कमा देखिए क्षेत्रपाटीका नरेश अग्रवाल । 

क्षेत्रपाटीमा कपडाको होलसेल व्यावसाय गर्ने अग्रवाल आवरणमा भने सामान्य व्यापारी झैँ लाग्थे । तर, अग्रवाल र विभागले नियन्त्रणमा लिएकाहरुको बाक्लो उठबस र सम्पर्क देखिएपछि अनुसन्धान अधिकृतहरु राती साँढे ७ बजे अग्रवालको घर क्षेत्रपाटीमा पुगे । उनलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा एक करोड रुपैयाँ नगदको चाङ र केही मात्रामा अमेरिकी डलर भेटियो । 


बहिबार दिनभरको अपरेसनमा बरामद भएको रकम र पक्राउ परेकाहरु लिएर विभागको टोली साँझ कार्यालयमा फर्कियो । कार्यालयमा आएर गणना गर्दा २ करोड ३० लाख ९९ हजार रुपैयाँ नेपाली र एक हजार ९९४ अमेरिकी डलर रहेको पुष्टी भयो । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार एकै दिनको अपरेसनमा विभागले यो तहको कारबाही सम्पन्न गरेको हो । 

‘एकै दिनमा विभागको आफ्नै सक्रियातामा यो अपरेशन सम्पन्न भयो,’ उनले भने, ‘बिस्तृत अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकाहरुको परिचय विभागले अझै गोप्य राखेको छ । उनीहरुको साथबाट प्राप्त प्रमाणहरुले थप अनुसन्धानमा थप सघाउ पुग्ने  र हुण्डीको जरोसम्मै पुग्ने विभागको विश्वास छ । पक्राउ परेकहरुलाई ७ दिन म्याद थप गरेर विभागले हिरासतमा राखेको छ । उनीहरुबिरुद्ध विदेशी बिनिमय ऐनअनसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...
कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय...