नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली प्रदेशद्वारा कोशी प्रदेश ६ विकेटले पराजित

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले ६ खेलपछि ६ अङ्क जोडेको छ । ७ खेल खेलेको कोशी प्रदेश अङ्कविहीन छ । कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 

Ncell
Extreme Energy

कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए । 

कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा ८ चौका र ४ छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए । 

कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए भने प्रकाश जैसीले ३तथा दिवान पुनले २ विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...