नेभिगेशन
सबै कुरा

अब मिटरब्याज सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने

काठमाडाैँ । गृहमन्त्रालयले मिटर ब्याजसम्बन्धी जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती गरेको छ । मन्त्रालयले प्रशासनलाई दिएको उजुरी, मेलमिलाप, छलफल तथा मुद्दा दायरलगायतका अधिकार कटौती गरेर कार्यसम्पादन कार्यविधि बनाई प्रहरीलाई दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद समाप्त भइसकेको अवस्थामा अनुचित लेनदेन  (मिटर ब्याज) सम्बन्धी यसअघि प्राप्त एवम् अब नियमित रुपमा प्राप्त हुने उजुरीका सम्बन्धमा पीडित र पीडकबीच छलफल गराई मेलमिलापको अवसर प्रदान गर्ने, उजुरीको प्रमाण संकलन गर्ने र फर्छ्यौट हुन नसकेका उजुरी कानूनबमोजिम अभियोजनका लागि न्यायिक निकायमा पेश गर्ने कार्यका लागि कार्यविधि मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि कार्यान्वयनका लागि परिपत्र गरिएको हो ।

उक्त कार्यविधि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई उक्त पठाइसकेको छ । उक्त कार्यविधिसँगै अब उजुरी दिन छुटेका पीडितले सिधै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने भएका छन् । 

त्यस्तै उजुरीको अवस्थाका बारेमा प्रहरीले मासिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाउनुपर्ने, उजुरी संकलन फर्छ्यौटमा आवश्यक सहजीकरण र अनुगमन प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासनले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा

मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा

उनले इरानमा रहेका १० जनामध्ये ४ जना फर्किसकेको जानकारी दिए । त्यस्तै इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा पाँच सय, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७...
कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने छः गगन थापा

कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने छः गगन थापा

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने बताएका हुन ।
इच्छाकामनामा नेकपा माओवादीका संस्थापक अध्यक्षसहित दर्जनबढी नेताकार्यता रास्वपा प्रवेश

इच्छाकामनामा नेकपा माओवादीका संस्थापक अध्यक्षसहित दर्जनबढी नेताकार्यता रास्वपा प्रवेश

आइतबार उनीहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर रास्वपा प्रवेश गरेका हुन । देशलाई अबको निकास दिने एक मात्र विकल्पको आशा रूपमा रास्वपालाई देखेर आफू लगायतका नेता तथा कार्यकर्ता...
निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन काँग्रेसद्वारा आयोगको ध्यानाकर्षण

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन काँग्रेसद्वारा आयोगको ध्यानाकर्षण

आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।...