नेभिगेशन
सबै कुरा

अब मिटरब्याज सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने

काठमाडाैँ । गृहमन्त्रालयले मिटर ब्याजसम्बन्धी जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती गरेको छ । मन्त्रालयले प्रशासनलाई दिएको उजुरी, मेलमिलाप, छलफल तथा मुद्दा दायरलगायतका अधिकार कटौती गरेर कार्यसम्पादन कार्यविधि बनाई प्रहरीलाई दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद समाप्त भइसकेको अवस्थामा अनुचित लेनदेन  (मिटर ब्याज) सम्बन्धी यसअघि प्राप्त एवम् अब नियमित रुपमा प्राप्त हुने उजुरीका सम्बन्धमा पीडित र पीडकबीच छलफल गराई मेलमिलापको अवसर प्रदान गर्ने, उजुरीको प्रमाण संकलन गर्ने र फर्छ्यौट हुन नसकेका उजुरी कानूनबमोजिम अभियोजनका लागि न्यायिक निकायमा पेश गर्ने कार्यका लागि कार्यविधि मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि कार्यान्वयनका लागि परिपत्र गरिएको हो ।

Ncell
Extreme Energy

उक्त कार्यविधि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई उक्त पठाइसकेको छ । उक्त कार्यविधिसँगै अब उजुरी दिन छुटेका पीडितले सिधै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने भएका छन् । 

त्यस्तै उजुरीको अवस्थाका बारेमा प्रहरीले मासिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाउनुपर्ने, उजुरी संकलन फर्छ्यौटमा आवश्यक सहजीकरण र अनुगमन प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासनले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।