नेभिगेशन
समाज

नारायणीको कटानले थरथराउँदै सुस्ता

पश्चिम नवलपरासी । न नागरिकता, न आफ्नै जमिनको लालपुर्जा । न गतिलो शिक्षा छ । न त उपचार गर्नुपरे कुनै राम्रो स्वास्थ्य संस्था नै छ । गाउँ गाउँमा सिंहदरबारको नारा नारामै सीमित ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले लालपूर्जा नै नभएको जमिन खनी–खोस्री गरेको पनि दशकौं भयो । पुस्तौं विते नागरिकताको पर्खाइमा । भारतीय सीमा सुरक्षा बलले दुःख दिन थालेको पनि वषौँ भयो । हरेक वर्ष वर्षा लागेसँगै बाढीको डरले घरमा सुत्न नपाएको पनि दशकौं भयो । नागरिकताविहीन नागरिकरुपमा लामो समयदेखि नेपालको भूमि बचाउँदै आएका सुस्ताबासीको पीडा भनी साध्य छैन, सुनी साध्य छैन ।

Ncell
Extreme Energy

सुस्ताको भूमि र सीमा रक्षालाई मध्यनजर गर्दै राजा महेन्द्रले बस्ती बसालेका थिए । त्यसयता अभावै अभावमा छन् सुस्ताबासी । र पनि नेपाली भूमिका लागि आइपरे ज्यान दिन तयार छन् । यतिबेला तिनै सुस्ताबासी नारायणी नदी किनारमा बसेर आफ्नो भविष्य हेर्दै छन् र कुर्दै छन् संघीय सरकारलाई ।

यसैबीच सुस्तामा संघीय सांसदसहितको टोली पुगेको छ ।  सांसद विक्रम खनाल, प्रदेश सांसद देवकरण कलवार, जलश्रोत तथा सिँचाइ विभागका  महानिर्देशक महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश रजौरिया तथा योजना प्रमुख डा.नारायणप्रसाद सुवेदीसहितको टोलीले सुस्ताको अवलोकन गर्यो ।

सुस्ता पुगेका सांसद खनालले भादौ १४ गते सुस्ताको अवस्था जटिल भएको भन्दै त्यहीँबाटै सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठलाई फोन गरेका थिए । सुस्तामा अहिले हरेक दिनजसो बाढी पसिरहेको छ । पूर्वतर्फ रहेको सुस्ताको थारु गाँऊमा रहेका करिब ८५ घर परिवार उच्च जोखिममा छन् । तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय ट्कारो देखिएको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले हरेक वर्ष गर्दै आइरहेको टालटुले कामले सुस्ता बचाउन मुस्किल परेको बताए । उनी भन्छन–भारतले थप बाँध बनाउन केही समय नदिँदा बाँधको काम पुरा हुन  सकेन । नदीले धार परिवर्तन गरेर बस्ती नै सिध्याउन लागिसक्यो, राज्यले सुस्तालाई उच्च प्राथमिकतामा राखेर स्थायी संरचना निर्माण गर्नुपर्छ।

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले भारतीय सीमा प्रहरीको ज्यादति कहिले नदीको त्रास । नदीले लगाएको खेति बगायो । अब घर बगाउने अवस्थामा पुगेको छ । हामी कतिञ्जेल रातभरि नदी तटमा बस्ने ?

नारायणीको सुसाउँदा  सुस्तावासी मुटुको ढुकढुकी पनि बढ्छ । विक्रम संवत् २०२९ सालमा ११ वटा गाउँ निलेको नारायणीले यसपालि फेरि सुस्ताको थारु टोलतर्फ आफ्नो बाटो मोडेको छ । आँगनमै नदीको पानी छचल्किन थालेपछि स्थानीयको निद्रा खोसिएको छ, तर यसपटक भने सङ्घीय सरकारको तदारुकताले उनीहरूमा थोरै भए पनि आशा जगाएको छ ।

सुस्ताको यो चित्कार यसपटक सङ्घीय राजधानीसम्म पुगेको छ। सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने सङ्घीय सांसद विक्रम खनाल सङ्घीय सिँचाइ मन्त्रीलाई टेलिफोनमार्फत ध्यानाकर्षण गराएपछि राज्यको उपस्थिति छिटो देखिएको हो। 

‘हामीले सुस्ताको भौगोलिक संवेदनशीलता र जनताको तत्कालको पीडालाई मन्त्रालयसम्म पुर्‍यायौँ’ सांसद खनालले भने ‘मन्त्रीज्यूले तत्कालै प्राविधिक टोली खटाउनुभएको छ। हामी यो क्षेत्रको दीर्घकालीन सुरक्षा र बजेटका लागि निरन्तर लागिरहेका छौँ।’

सांसदहरूको ध्यानाकर्षणपछि सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठ र उपमहानिर्देशक दिनेश रजौरियासहितको टोलीले सुस्तामै पुगेर स्थानीयसँग परामर्श गरेको छ।
अहिले चितवन आयोजना कार्यालयको निरन्तर प्रयासस्वरुप योजना प्रमुख डा. नारायण सुवेदीको नेतृत्वमा कटान रोक्ने काम भइरहेको छ। सुवेदीले भने, ‘बोरामा बालुवा र ढुङ्गा भरेर कटान नियन्त्रणको कार्य युद्धस्तरमा अघि बढाइएको छ।’ 

अस्थायी रोकथामले मात्रै सुस्ताको घाउ निको नहुने निष्कर्षमा विभाग पनि पुगेको छ। स्थलगत निरीक्षणमा पुगेका विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठले सङ्घीय सरकारले सुस्ताको समस्यालाई गम्भीरतापूर्वक लिएको र अब दीर्घकालीन रूपमै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्षौंदेखि नारायणीको भङ्गालोसँग जुध्दै आएका सुस्तावासी अहिले बाँस र बोराको तटबन्धले दिएको तात्कालिक राहतमा छन्। महानिर्देशकले दिएको सङ्घीय सरकारको यो आश्वासनले सार्थकता पाएमा सुस्ताले सधैँका लागि नारायणीको त्रासबाट मुक्ति पाउने आशा पलाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...