नेभिगेशन
सबै कुरा
वैदेशिक राेजगारी :

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

काठमाडाैँ । गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो । हामीलाई मेसेज गर्ने व्यक्ति थिए इलामको माइजोगमाई ४ का सुकबहादुर लिम्बू ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

लिम्बू ५ महिनाअघि मात्रै वैदेशिक रोजगारीका लागि दुबई पुगेका रहेछन् । काठमाडौँमा रहेको एआई सेक्युअर मेनपावर रिक्रुटमेन्ट प्रा.लि मार्फत दुबई पुगेका उनी बिरामी परेर थलिएको २ साता भइसकेको रहेछ । उद्धार र उपचारका लागि कम्पनीसँग याचना गर्दा पनि सुनवाई नभएपछि उनले ज्यान नबाँच्ने स्थितिमा पुगेको भन्दै सिधाकुरालाई म्यासेज पठाएका रहेछन् । 

‘म हाल १५ दिनदेखि बिरामी परेको छु । कम्पनीले आफैँ उपचार गर भन्छ । अघिल्लो महिनाको तलब एक रुपैयाँ पनि दिएन । खानलाई पैसा छैन । कसरी उपचार गरौँ रु कुन पैसाले गरौँ रु इन्स्युरेन्स (बीमा) पनि थोरै साधारण रुघा खोकीको मात्र कभर हुने खालको रहेछ ।’ 

लिम्बूका अनुसार उनको गालामा अनौठो गिर्खा भित्रैबाट आएको छ । ‘मुख खोल्नसम्म हुँदैन । सुन्निएको छ, भित्र धेरै दुख्छ, खान खानु नभएको १५ दिन जति भयो । तातोपानी र पाउरोटी घोलेर जबर्जस्ती खाएर स्वास जोगाएको छु ।’ उनका अनुसार स्थानीय क्लिनिकले अस्पताल गएर अप्रेसन गर भनेको छ । तर उनीसँग पैसा छैन् । ‘कुन पैसाले गर्ने हजुर, न सेलरी दियो, न उपचार । के म यतिकै मर्ने हो रु म बिन्ती बिसाउँछु, मलाई नेपाल फर्काइदिनुस् ।’

लिम्बूका अनुसार कम्पनीले घर जान दिइरहेको छैन । सम्झौता क्यान्सिल गरेर उपचार गर्न घर जान्छु भन्दा नमानेको उनले सिधाकुरालाई बताए । ‘म यहाँ आएको लगभग ५ महिना भयो । मेनपावरले कुरा मात्रै गर्छ । मेरो अवस्था झनझन् नाजुक हुँदै गएको छ ।  पानी मात्रै मुख खान मिलेको छ,’ उनले भने । सुरुमा हलुका दाँत दुख्नेबाट सुरु भएको समस्या गालामा पिलो जस्तो भएर बढेको र एकदम चाम्रो गिर्खा देखिएको लिम्बू बताउँछन् । उनले फेरि याचना गरे ‘एकदम पोल्छ, दुख्छ । न तलब दिन्छ, न उपचार गर्छ । म घर फर्कन चाहन्छु । मलाई उद्धार गर्नुस् ।’

राम्रोसँग अक्षरसमेत नचिन्ने सुकबहादुरले यो मेसेजसमेत सँगै बस्ने साथीलाई लेख्न लगाएर सिधाकुरालाई पठाएका रहेछन् । 

म्यासेज आउनासाथ हामीले दुबइमा रहेका सुकबहादुर लिम्बुलाई सम्पर्क गर्यौँ । मेसेजमा भनेजस्तै उनी राम्रोसँग बोल्न समेत नसक्ने पाइयो ।  हामीले उनीसँगै कोठामा भएका अर्का नेपालीसँग संवाद गर्यौँ र उनीहरूको दुबईस्थित ठेगाना मगायौँ । 

उनी दुबइको अल खवानिज टु जेएफएम क्याम्पमा बसेर ग्रिन स्याडो सेक्युरिटी सर्भिस नामक कम्पनीमा काम गर्ने गरेको पत्ता लाग्यो । सिधाकुरासँग सम्पूर्ण विवरण प्राप्त भएपछि दुबइमा रहेका विभिन्न निकायहरूसँग समन्वय सुरु गर्यौँ । लिम्बुको उद्धारका लागि तयार भएका संस्थाका व्यक्तिहरू र पीडितको दूरी टाढा भएका कारण केही समय लाग्ने भयो । त्यसपश्चात् हामीले दुबईमा विगत लामो समयदेखि कार्यरत र त्यहाँ पीडामा रहेका नेपालीलाई सहयोग गर्दै आएका सुजन थापालाई सम्पर्क गर्यौँ । 

 हामीसँगको सम्पर्कपछि थापाले भोलि नै आफूहरू पीडित भएको स्थानमा पुग्ने आश्वासन दिए । भोलिपल्ट प्रल्हाद पाठकसमेतलाई लिएर थापा पीडित भएको स्थानमा पुगे । 

एकजना बिरामीको अवस्था बुझ्न र उद्धारको पहल गर्न गएका उनीहरूले त्यहाँ अन्य नेपालीहरूसमेत समस्यामा रहेको फेला पारे । बुझ्दै जाँदा त्यहाँ सुकबहादुर लिम्बूमात्र हैन, अन्य ९ जना नेपालीसमेत विगत ४ महिनायता सेवा सुविधा त परको कुरा आफ्नो पारिश्रमिक समेत नपाई समस्यामा परेको खुल्यो । उनीहरु सबैले जसरी पनि नेपाल फर्काइदिन पाठक र थापालाई आग्रह गरे । 

उनीहरूको चित्कार पछि उनीहरूलाई नेपालबाट दुबई पुर्याउने मेनपावर कम्पनी एआई सेक्युअर मेनपावर रिक्रुटमेन्ट प्रा.लिका सञ्चालक राजन कार्कीलाई सम्पर्क गर्यौँ । कार्कीले उद्धारमा पहल गर्ने वचन दिए । ‘ राम्रो कम्पनी भनेकाले युवाहरूलाई दुबई पठाएको भएपनि उनीहरु समस्यामा रहेछन् । यदि उनीहरु नेपाल फर्किए भने उनीहरूको पैसा हामी फिर्ता गरिदिन्छौँ,’ कार्कीले भने । 

पीडित युवाहरूको उद्धारको आग्रहपछि दुबईमा रहेका सुजन थापा र प्रल्हाद पाठकसँगको समन्वय पछि केही दिनमै उनीहरूको उद्धार हुनेभएको छ । उनीहरूलाई दुबई पठाउने मेनपावर कम्पनी र उनीहरु काम गर्ने कम्पनीलाई समेत समस्याको बारेमा जानकारी गराइसकिएको छ । पीडितको गुनासो लिएर अबु दुबईस्थित नेपाली दुतावासमा पुगेका थापा र पाठकले सिधाकुरालाई बताएका छन ।  अबु दुबईस्थित नेपाली दुतावासले पनि उनीहरूको तत्काल उद्धार गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...