नेभिगेशन
सबै कुरा

युक्रेनमा युद्ध, नेपालमा आँसुको भेल (भिडियाेसहित)

काठमाडाैँ । ‘म 'वार' मा जाँदै छु । म आएपछि फोन गर्छु तिमीलाई’ भन्नुभएको थियो । तर अहिलेसम्म मलाई कल गर्नुभएको  छैन,’ टिना घिमिरे भक्कानिन्छिन् । उनको गला अवरुद्ध हुन्छ, चाहेर पनि बोल्न सक्दिनन् । अनि आफूले पीडा पोख्न समाएको माइक अर्कोलाई थमाउँन खोज्छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

शुक्रबार काठमाडौँको एक रेस्टुराँमा २ दर्जन बढी पत्रकारसँग उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमानको कल नफर्किएको भन्दै गला अवरुद्ध पार्दा सिङ्गो हल चकमन्न बन्यो । 

कलिलो बालक च्यापेर शुक्रबार उनी सबेरै पत्रकारसँग भेटघाटका लागि आइपुगेकी थिइन । पीडित परिवारका तर्फबट आयोजित अन्तरक्रिया कार्यक्रम चलिरहँदा उनका काखे छोरा घरी आमाको काखमा लुटपुटिन्थे त कतिबेला आमाले बोल्दै गरेको माइक तानेर आफू बोल्न खोज्थे । झण्डै २ महिनायता अनिदो रात अनि अशान्तिका दिन बिताइरहेकी टिनाको श्रीमानसँग नोभेम्बर ३० तारिखयता सम्पर्क भएको छैन् । 'सम्पर्कका क्रममा पदमले आफू युद्धमा जान लागेको र फर्किएपछि सम्पर्क गर्ने आश्वासन दिएका थिए । तर २ महिनासम्म पनि उनी सम्पर्कमा आएका छैनन् ।’ 


टिनाका श्रीमान पदम गत असोज ३१ गते रोजगारीका लागि भन्दै रुस गएका थिए । गरिब परिवारका उनी करिब १० लाख रुपैयाँ ऋण खोजेर एजेन्टमार्फत रुस पुगेका थिए । सुरुवातमा एजेन्टले राम्रो कमाइ हुने भन्दै रुस पुर्याएको र रुस पुगेपछि मात्र श्रीमान रसियन आर्मीमा भर्ती भएको थाहा भएको उनले बताइन् । आर्मीमा भर्ती भइसकेपछि पटक पटक भाग्न प्रयास गरेपनि श्रीमान उनीहरूको पञ्जाबाट फुत्किन नसकेको टिनाले स्तब्ध हुँदै सुनाइन । 

ooo

रुसमा दाइ घाइते अवस्थामा रहेको थाहा पाएकी खोटाङकी सिला राई पनि सञ्चारकर्मीसामु भावुक बनिन् । उनका दाइ रविन पुमा राई पनि पदमले झैँ एजेन्टलाई पैसा खुवाएर रुस पुगेका थिए । करिब ६ महिना पहिले रुस पुगेका उनी रसियन आर्मीमा भर्ती भएको र घाइते भएको उनले थाहा पाएकी रहिछिन् । 


आर्मीमा भर्ती भएर युक्रेनसँगको भिडन्तमा होमिँदा ग्रिनेट पड्केर उनी गम्भिर घाइते भएको २१ दिन भइसकेको उनले सुनाइन् । ‘राम्रोसँग बोल्न पनि सक्नुहुन्न बिचरा १ तर जतिसक्दो कोसिस गरेर बल्लतल्ल बोल्नुहुन्छ । मलाई नेपाल निकाल भन्नुहुन्छ । हामी असहायको को हुन्छ र निकाल्ने रु,’ सिला भावुक हुन्छिन् ।

आफ्ना कुरा सञ्चारकर्मीसँग राख्न आएकी सिलाले परिवार दाजुको बाटो कुरेर बसेको भन्दै पटक पटक सरकारलाई उद्धार गरिदिन आग्रह गरिन् । ‘सरकारले सुनिदिनुहुन्छ कि, नेपाल झिकाउनका लागि केही गरिदिनुहुन्छ कि भनेर अनुरोध गर्न आएको हुँ । दाइलाई जसरी भएपनि नेपाल ल्याइदिनुहोस्।’

ooo

कार्यक्रममा रुसी सेनामा कार्यरत भएर भाग्यले बाँचेर नेपाल आउन सफल भएका युवाहरू पनि उपस्थित थिए । तीनै मध्येका एक खोटाङका सुमन राईले रुसी सेनामा आकर्षक तलब हुन्छ भन्ने मेनपावरको प्रलोभनबाट रसिया पुगेको बताए । उनले त्यहाँ सोचेजस्तो नभएपछि नेपाल फर्किएको बताए । 


एजेन्टले काठमाडौँबाट दुबई, मस्कट हुँदै रुस पुर्याएको भन्दै उनले रुस पुर्याएको भोलिपल्ट नै आफूलाई रसियन आर्मीमा भर्ती गरिएको बताए । भर्ती भएको केही दिनमै युद्धकै क्रममा आफ्नै क्याम्पका नेपाली साथी इलामका विजय तामाङको निधन भएको उनले जानकारी दिए । 

साथीको मृत्युसँगै आफूलाई असुरक्षित ठानेर ३ लाख घुस एजेन्टलाई खुवाएर आफू नेपाल फर्किएको खुलाए । ‘नेपालीहरूले भाषा बुझ्दैनन् । जसले गर्दा सेनाको कमान्ड बुझ्दैनन् । दाहिने जा भने देब्रे गइन्छ । त्यही कारण नेपालीहरूले ज्यान गुमाइरहेका छन्,’ राईले भने ।

सरकारले रुसी सेनामा भर्ती भएका आधा दर्जन मात्र नेपाली मारिएको बताए पनि ६ सय बढी नेपालीले ज्यान गुमाएको हुनसक्ने उनले खुलासा गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरू नरकको जिन्दगी बिताउन बाध्य भएको भन्दै उनले रुसी सेनाले समेत पीडा दिने गरेको उनले सुनाए । 

शुक्रबार पीडित परिवारको तर्फबाट काठमाडौँमा सञ्चारकर्मी मार्फत सरकारलाई पीडा सुनाउन आएका अधिकांश परिवारको पीडा उस्तै थियो । परिवारका सदस्य गुमाएका तथा अंगभंग भएका परिवारका सदस्यहरूले  एउटै स्वरमा सरकारलाई भने ‘सरकार हाम्रो परिवारको सदस्यको रक्षा गरिदिनुस्, उनीहरूलाई फिर्ता बोलाइदिनुस् ’

सरकारी तथ्याङ्कअनुसार रुस युक्रेन युद्ध सुरु भएयता मात्रै १७ सय २७ नेपाली विभिन्न उद्देश्यले रुसमा पुगेको देखिएको छ । अध्यागमन विभागका अनुसार ७४९ जना विद्यार्थीका रुपमा, ३५६ जना रोजगारीका लागि र २८८ जना पर्यटकको रुपमा र ३३६ जना  अन्य उद्देश्य नखुलिकनै रुस पुगेको पाइएको छ । यस बाहेक अनधिकृत बाटो भएर रुस पुग्ने नेपालीको तथ्यांक सरकारसँग छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

एउटा सर्वव्यापी मान्यता छ– साथी रोज्न पाइन्छ तर, छिमेकी रोज्न पाइँदैन । देशका लागि त छिमेकी रोज्ने विषय कल्पनासमेत गर्न सकिँदैन । यो कुरा ठ्याक्कै नेपालसँग मिल्छ ।
अब जम्मा १७ मन्त्रालय, कुन कुन मन्त्रालय हुँदैछ खारेज ?

अब जम्मा १७ मन्त्रालय, कुन कुन मन्त्रालय हुँदैछ खारेज ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बनेको ५ सदस्यीय कार्यदलको सुझाबका आधारमा प्रधानमन्त्री बालेन शाहले ४ वटा मन्त्रालय खारेज गर्ने र केही मन्त्रालयको नाम परिवर्तन तयारी...
किन अड्कियो अध्यादेश ?

किन अड्कियो अध्यादेश ?

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे एक साताअघि पक्राउ परे । उनीसँगै भिषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा पनि समातिएका छन् ।...