नेभिगेशन
सबै कुरा

यस्तो छ २४ वर्षपछि ब्युँतिन लागेको हेटौंडा कपडा उद्योग (भिडियो)

हेटौंडा । नेपाल सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने तयारी थालेको छ । नेपाली सेनाले सम्भाव्यता अध्ययन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल माघ १७ गते उद्याेग चलाउन सकिने ब्रिफिङ समेत गरिसकेकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्रिफिङका क्रममा उद्योग पुनः सञ्चालनका लागि एक अर्ब ९३ करोड लागत लाग्ने सेनाको प्रारम्भिक अनुमान छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ । उद्योग पुनः सञ्चालन गर्दा नौ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने सेनाको निष्कर्ष छ ।

Ncell
Extreme Energy


विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो । 

अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकता भन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमी हुनु लगायत कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ ।

अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ ।

प्रतिवेदनले उद्योग पुनः सञ्चालनको आवश्यकता र औचित्यसमेत निर्क्यौल गरेको छ । जसअनुसार उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक साख कायम हुने, मुलुकको औद्योगिक क्षेत्रको विकास र कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने, विश्वबजारमा औद्योगिक सन्देश जाने, आयात प्रतिस्थापन र आत्मर्निभरतामा अभिवृद्धि हुने, रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान हुने भएकाले युवा पलायन रोक्न सकिने निष्कर्ष छ ।

अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको ढाँचासमेत प्रस्ताव गरेको छ । तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित ढाँचामा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि चालु आवमा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ ।

त्यसैगरी आगामी आवमा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिद सम्पन्न गरी परीक्षण उत्पादन सुरू गर्ने प्रस्तावित ढाँचामा उल्लेख छ । त्यस्तै आव २०८२÷८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरू गर्ने प्रस्ताव गरिएको छ ।

कार्यदलले उद्योग पुनः सञ्चालनका निम्ति नेपाल सरकारको नीतिगत र कानुनी सहयोगको समेत प्रस्ताव गरेको छ । जसअनुसार उद्योग पुनः सञ्चालनका लागि नीतिगत र कानुनी प्रक्रियामा सहयोग हुनुपर्ने, हालसम्मको दायित्व फरफारक गरी उद्योगको स्वामित्व नेपाली सेनामा हस्तान्तरण गर्नुपर्ने, उद्योगबाट उत्पादित कपडाको खपत सरकारी निकायमा गर्नेगरी नीतिगत व्यवस्था हुनुपर्ने लगायतका विषय समावेश गरेको छ । नेपाली सेनाले उद्याेग चलाउने सकिने बताएपछि सरकारले पनि उद्याेग सञ्चालनकाे जिम्मा सेनालाई दिन सकारात्मक देखिएकाे छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संविधान संशोधनका लागि जनताले पठाएका ४४ हजार सुझाव, प्रदेश खारेजदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्म

संविधान संशोधनका लागि जनताले पठाएका ४४ हजार सुझाव, प्रदेश खारेजदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्म

नेपालको संविधानको धारा २७४ को उपधार १ मा भएको व्यवस्था अनुसार यी चार विषय असंशाेधनीय छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ता यी...
साउन ६ : बीपी स्मृति दिवस कि कांग्रेस विभाजनको साइत ?

साउन ६ : बीपी स्मृति दिवस कि कांग्रेस विभाजनको साइत ?

यसपालि कांग्रेसले फरक ढंगले बीपी स्मृति दिवस मनाउँदै छ। पार्टी एउटै छ, तर पुस अन्त्ययता कांग्रेसका नेताहरू घोषित रूपमा दुई समूहमा विभाजित छन्– नियमित महाधिवेशन पक्षधर समूह र...
'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

पूर्वअर्थमन्त्री विष्णु पौडेल, जो पाँच पटक अर्थमन्त्री बने। उनी अर्थमन्त्री हुँदा उनको मन्त्रालय उनले नभई बिचौलिया दीपक भट्टले चलाउने गरेको खुलासा भएको छ।
मिडियाका दैला ढाकेर गाडी– अराजकतालाई प्रश्रय ?

मिडियाका दैला ढाकेर गाडी– अराजकतालाई प्रश्रय ?

सोमबार एकाबिहानै तीन वटा मिडिया हाउस कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइन खबरको मुलगेटमा शंकास्पद तरिकाले पार्किङ गरेको भेटिए । घण्टौंसम्म प्रतीक्षा गर्दा पनि ती गाडी लिन कोही आएनन्...

भर्खरै