नेभिगेशन
सबै कुरा

टीकापुर जग्गा प्रकरण : २४९ जनाबाट २० करोड ५१ लाख बढी माग दाबी

काठमाडाैँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित  २४९ जनाविरुद्ध  २० करोड ५१ लाख ८९ हजार ३३ रपैयाँ बिगो माग दाबिसहित मुद्दा दायर गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली समितिकै नक्कली कागजपत्र खडागरि समितिका अध्यक्ष, सदस्य एवम् कर्मचारीका आफन्तका नाममा  हक हस्तान्तरण गरेको अख्तियारको दाबी छ । 

Ncell
Extreme Energy

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललिता ताम्राकार, धिजराज रेग्मी लगायत २७ जनाको संलग्नतामा सरकारी जग्गा हडपिएको आरोप लगाएको छ  ।

टीकापुर नगर विकास समितिका तत्कालिन अध्यक्ष नेत्र प्रसाद जोशीसँग २ करोड १२ लाख ४४ हजार ९ सय रुपैयाँ बिगो दाबी गरिएको छ भने अर्का तत्कालीन नगर विकास समितिका अध्यक्ष ललित ताम्राकारसँग ५९ लाख ३० रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस्तै तत्कालिन नगर विकास समिति अध्यक्ष धिजराज रेग्मीसँग पनि ६६ लाख ९ हजार ८९२ रुपैयाँ माग दाबी गरिएको छ । 

यस्तै तत्कालिन अध्यक्ष नेत्र प्रसाद जोशीको बोर्ड बैठकको निर्णयबाट गठित उपसमिति सदस्य गणेशसिंह रावल, खड्क बहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्र बहादुर कुँवर र पदमराज न्यौपानेसँग १ करोड ६५ लाख ६८ हजार १ सय ४९ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै नगर विकास समितिका तत्कालिन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकबाट गठित उपसमितिका संयोजक प्रेम सिंह विक, सदस्यहरु श्याम खत्री, भरत स्वाँर, बेदराज ढुंगाना, दयाराम सञ्जाल, पुर्णबहादुर बोगटी, अमर बहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालका हकमा ५९ लाख ३ सय ८० रुपैयाँ बिगो माग दाबी गरेको छ । 

यस्तै टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बल बहादुर कडायत विरुद्द २ करोड ११ लाख ५७ हजार १ सय ७८ रुपैयाँ बिगो माग दाबी गरिएको छ । अर्का तत्कालिन योजना प्रुमख क्षप्परसिंह विश्वकर्माविरुद्ध १४ लाख १९ हजार ६ सय २७ रुपैयाँ माग दाबी गरिएको छ । 

यस्तै नगर विकास समितिका तत्कालिन सदस्य सचिव अम्वाद जोशीसँग पनि अख्तियारले २ करोड ३० लाख ६१ हजार ८ सय १६ रुपैयाँ बिगो दाबी गरेको छ । साथै नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्दसँग १ करोड ९० लाख ३२ हजार १ सय ३६ रुपैयाँ माग दाबी गरेको छ । अर्का नापी अधिकृत गणेशबहादुर वाग्लेका विरुद्ध ४२ लाख ३४ हजार ९ सय ५ रुपैयाँ माग दाबी गरेको छ । 

साथै तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्टका विरुद्ध १ करोड ६८ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ बिगो मागिएको छ । 

नगर विकासका तत्कालीन खरिदार धनीराम भण्डारीविरुद्ध  १ करोड ८६ लाख ५४ हजार ४ सय ५३ रुपैयाँ बिगो माग गरिएको छ । 

साथै टिकापुर नगर विकास समितिका सव ओभरसियर नेत्रबहादुर रावलविरुद्ध १ करोड ७९ लाख १२ हजार ४ सय ८१ रुपैयाँ बिगो मागिएको छ । 

यस्तै समितिका तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरेसँग पनि २१ लाख ११ हजार १ सय ५९ रुपैयाँ बिगो माग गरिएको छ । 

यस्तै अख्तियारले पहिलो चरणमा व्यक्तिको नामबाट आफ्नो नाममा दाखा गराउने पहिलो चरणका ११० जना जग्गाधनी जग्गाधनीहरूका हकमा मतियारको रुपमा सजाय र बिगोसमेत भराउन अख्तियारले माग गरेको छ । 

टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गरी भोग गरिरहेका हालका जग्गाधनीहरूको हकमा जग्गा जफत गर्ने माग दाबी लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...