नेभिगेशन
सबै कुरा

टीकापुर जग्गा प्रकरण : २४९ जनाबाट २० करोड ५१ लाख बढी माग दाबी

काठमाडाैँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित  २४९ जनाविरुद्ध  २० करोड ५१ लाख ८९ हजार ३३ रपैयाँ बिगो माग दाबिसहित मुद्दा दायर गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली समितिकै नक्कली कागजपत्र खडागरि समितिका अध्यक्ष, सदस्य एवम् कर्मचारीका आफन्तका नाममा  हक हस्तान्तरण गरेको अख्तियारको दाबी छ । 

Ncell
Extreme Energy

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललिता ताम्राकार, धिजराज रेग्मी लगायत २७ जनाको संलग्नतामा सरकारी जग्गा हडपिएको आरोप लगाएको छ  ।

टीकापुर नगर विकास समितिका तत्कालिन अध्यक्ष नेत्र प्रसाद जोशीसँग २ करोड १२ लाख ४४ हजार ९ सय रुपैयाँ बिगो दाबी गरिएको छ भने अर्का तत्कालीन नगर विकास समितिका अध्यक्ष ललित ताम्राकारसँग ५९ लाख ३० रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस्तै तत्कालिन नगर विकास समिति अध्यक्ष धिजराज रेग्मीसँग पनि ६६ लाख ९ हजार ८९२ रुपैयाँ माग दाबी गरिएको छ । 

यस्तै तत्कालिन अध्यक्ष नेत्र प्रसाद जोशीको बोर्ड बैठकको निर्णयबाट गठित उपसमिति सदस्य गणेशसिंह रावल, खड्क बहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्र बहादुर कुँवर र पदमराज न्यौपानेसँग १ करोड ६५ लाख ६८ हजार १ सय ४९ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै नगर विकास समितिका तत्कालिन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकबाट गठित उपसमितिका संयोजक प्रेम सिंह विक, सदस्यहरु श्याम खत्री, भरत स्वाँर, बेदराज ढुंगाना, दयाराम सञ्जाल, पुर्णबहादुर बोगटी, अमर बहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालका हकमा ५९ लाख ३ सय ८० रुपैयाँ बिगो माग दाबी गरेको छ । 

यस्तै टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बल बहादुर कडायत विरुद्द २ करोड ११ लाख ५७ हजार १ सय ७८ रुपैयाँ बिगो माग दाबी गरिएको छ । अर्का तत्कालिन योजना प्रुमख क्षप्परसिंह विश्वकर्माविरुद्ध १४ लाख १९ हजार ६ सय २७ रुपैयाँ माग दाबी गरिएको छ । 

यस्तै नगर विकास समितिका तत्कालिन सदस्य सचिव अम्वाद जोशीसँग पनि अख्तियारले २ करोड ३० लाख ६१ हजार ८ सय १६ रुपैयाँ बिगो दाबी गरेको छ । साथै नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्दसँग १ करोड ९० लाख ३२ हजार १ सय ३६ रुपैयाँ माग दाबी गरेको छ । अर्का नापी अधिकृत गणेशबहादुर वाग्लेका विरुद्ध ४२ लाख ३४ हजार ९ सय ५ रुपैयाँ माग दाबी गरेको छ । 

साथै तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्टका विरुद्ध १ करोड ६८ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ बिगो मागिएको छ । 

नगर विकासका तत्कालीन खरिदार धनीराम भण्डारीविरुद्ध  १ करोड ८६ लाख ५४ हजार ४ सय ५३ रुपैयाँ बिगो माग गरिएको छ । 

साथै टिकापुर नगर विकास समितिका सव ओभरसियर नेत्रबहादुर रावलविरुद्ध १ करोड ७९ लाख १२ हजार ४ सय ८१ रुपैयाँ बिगो मागिएको छ । 

यस्तै समितिका तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरेसँग पनि २१ लाख ११ हजार १ सय ५९ रुपैयाँ बिगो माग गरिएको छ । 

यस्तै अख्तियारले पहिलो चरणमा व्यक्तिको नामबाट आफ्नो नाममा दाखा गराउने पहिलो चरणका ११० जना जग्गाधनी जग्गाधनीहरूका हकमा मतियारको रुपमा सजाय र बिगोसमेत भराउन अख्तियारले माग गरेको छ । 

टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गरी भोग गरिरहेका हालका जग्गाधनीहरूको हकमा जग्गा जफत गर्ने माग दाबी लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।