नेभिगेशन
सबै कुरा

काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीकाे पैसा राख्ने सहकारीमा महानगरले छापा मारेर लगायाे सिल

काठमाडाैँ। काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीले पार्किङबाट जम्मा गरेकाे अवैध रकम राख्ने गररेकाे एक सहकारीमा महानगरले छापा मारेकाे छ । महानगरका मेयरकाे सचिवालयलाई प्राप्त गोप्य सूचना र सिधाकुरामा स्मार्ट पार्किङमा भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशन भएपछि महानगरले शुक्रबार साँझ पार्किङ व्यवस्थापन गर्ने कम्पनीले  सञ्चालन गर्ने सहकारीमा छापा मारेकाे हाे । सिधाकुराले शुक्रबार 'बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार" शिर्षकमा प्रकाशन गरेकाे  थियाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

Ncell
Extreme Energy


साे कम्पनीले सञ्चालन गरिरहेकाे एक सहकारीमा महानगरकाे सहकारी विभाग, मेयरको स्वकीय सचिवालय,सहकारी विज्ञ, नेपाल प्रहरीसहित पुगेर सिल गरिएकाे महानगरले जनाएकाे छ ।

उक्त  पार्किङ व्यवस्थापन कम्पनीको कारोबार रहेको काठमाडौँ  न्युरोड स्थित  समान बचत तथा ऋण सहकारी संस्थामा छड्के अनुगमन गरेको महानगर स्राेतले सिधाकुरालाई बतायाे । 'अनुगमनका क्रममा  कुनैपनि विवरण नियम संगत तवरले राखिएको भेटिएन । अनियमितताको  प्रशस्त आधारहरू देखिएको र  अनुसन्धानका लागि चाहिने विवरण उपलब्ध  नगराएकोले सम्पूर्ण विवरण पेश नगर्दासम्मका लागि सहकारीको कार्यालय सिल गरिएको छ,' स्राेतले भन्याे,' महानगरले  थप अनुसन्धान र कार्वाहीका निम्ति सरकारका अन्य निकायसँग परामर्श गरिरहेको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती

भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती

प्रधानमन्त्री बालेन शाहले दोहोरो सुविधाको नाममा राज्यमाथिको ब्रह्मलुट रोक्न नयाँ कानुन प्रस्ताव गरेका छन् ।
निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...