नेभिगेशन
सबै कुरा

क्यानडाविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौँ । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित  अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका छन् । यससँगै क्यानडाले पहिला ब्याटिङ गर्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त  सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । 

Ncell
Extreme Energy

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित  अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र  ललितनारायण राजवंशी छन् । क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।