नेभिगेशन
सबै कुरा

नेपाललाई पायो २३३ रनको लक्ष्य

काठमाडाैँ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् ।

Ncell
Extreme Energy

त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुईरदुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एकरएक विकेट लिए ।  

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ खेल्दैँछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।