नेभिगेशन
सबै कुरा

पाँच तारे होटल 'द्धारिकाज'सहित 'बसेरा' र 'ले हिमालय होटल'को भान्सामा दूषित खाद्य वस्तु फेला

काठमाडौँ । काठमाडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ति होटलहरुको भान्साको अनुगमन गर्दा उपभोग्य मिति सकिएका खाद्य वस्तुहरु बरामद भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन वटै होटलमा होटलका ग्राहकका लागि तयार गरिने खानाका कच्चा खाद्य वस्तुहरु उपभोग्य मिति सकिएको अवस्थाको प्रयोग गरिने अनुगमनका क्रममा फेला परेको विभागका सूचना अधिकारी आनन्द पोख्रेलले बताए । गौशालामा रहेको पाँच तारे द्धारिककाज बुकिटसहित, बबरमहलको बसेरा बुटीक होटल र लाजिम्पाटको ले हिमालयन होटलको भान्सामा अखाद्य वस्तु फेला परेको पोखरेलले बताए ।

Ncell
Extreme Energy

‘पाँच तारे होटलकै भान्सा यस्तो होला भन्ने सोचेका थिएनौँ,’ सूचना अधिकारी पोखरेलले भने, ‘पाँच तारेदेखि बुटिक भनिने र नाम चलेकै होटलको भान्सामा दूिषत खाद्यान्न  भेटियो ।’ विभागका अनुसार होटलको भान्साहरुमा पिठो, ग्रीन इडिबल तेल, कोकटन क्रिम, दुध, मेथी, ब्रेड, दही, जुस जस्ता खाद्य वस्तुहरु उपभोग्य मिति समाप्त भइसकेके अवस्थामा प्रयोग गरिने गरेकोे पाइएको छ ।   

पाँच तारे होटलमा उपभोग्य मिति सकिएको पिठो

काठमाडौँको गौशालामा रहेको द्धारिकाज होटल नेपाली तथा विदेशी पाउहुनाका लागि पहिलो रोजाइमा पर्ने होटल हो । विभिन्न मुलुकका सरकार प्रमुख समेत बस्ने यो होटलको भान्सा नै दूषित रहेको विभागले बुधबार गरेको अनुगमनमा खुलेको छ । विभागले बुधबार सो होटलको भान्सामा प्रयोग हुने वस्तुहरु अनुगमन गर्दा ११ हजार ६ सय मूल्य बराबरको पिठो, एडिबल कलर , कोकनट क्रिम अखाद्य रहेको फेला पारेको हो ।


होटलले ग्राहकलाई उपलब्ध गराउउने भोजनम प्रयोग गरिने तीन वटै वस्तुको उपभोग्य अवधि (एक्सपायरी डेट) सकिएको पाइएको सूचना अधिकारी पोखरेलले बताए । विभागले सो होटलम बरामद म्याद सकिएका सामाग्री नष्ट गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।

प्रशासनिक अड्डा मै सडेको जुस र ब्रेड

सिंह दरबारको दक्षिणी मूख्य प्रवेशद्धारको छेउमै रहेको बसेरा बुटिक होटललाई पछिल्लो समय प्रशासनिक अड्डाको नामले चिनिन्छ । सिंहदरबार भित्र गर्न नमिल्ने कर्मचारीहरुँंगको कुराकानी  र डील यही होटलमा हुने भन्दै यो होटल बदनाम छ । सिंहदरबारका मानिसले रुचाएको सोही होटलको भान्सामा भने सडेको जुस र पाउरोटी (ब्रेड) वाणिज्य विभागले फेला पारेको छ । 


विभागले मंगलबार होटलको स्थलगत अनुगमन गरेको थियो । अनुगमन क्रममा होटलको भान्सामा उपभोक्ताका लागि दिइने जुस र पाउरोटी म्याद सकिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । सो होटलबाट उपभोग्य मिति सकिएको खाद्यान्नहरु जफत गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

ले हिमालयको भान्सामा दूषित खाद्यान्न धेरै

अनुगमन भएका मध्ये काठमाडौंको लाजिम्पाटमा रहेको ले हिमालयन होटलको भान्सामा सबै भन्दा धेरै उपभोग्य मिति सकिएको खाद्यान्न फेला परेको वाणिज्य विभागले जनाएको छ । होटलले प्रयोग गर्ने, दुध, मेथी, ब्रेड (पाउरोटी), दही र पिठोको उपभोग्य मिति सकिएको पाइएको विभागको अनुगमन टोलीले जनाएको छ । उपभोग्य मिति सकिएको अवस्थामा १० हजार ८२० रुपैयाँ मूल्य बराबरको ति वस्तु नष्ट गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...

भर्खरै