नेभिगेशन
सबै कुरा
अपरेशन डंकी :

अपरेशन डंकी : अमेरिका लैजाने भन्दै ११ भारतीय नागरिकलाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ९ जना पक्राउ

काठमाडाैँ । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौँबाट उद्धार भएको छ। ति भारतीय नागरिकहरुलाई मेक्सिकोको बाटो हुँदै अमेरिका लैजान काठमाडौँको होटलमा बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुसँग गिराेहले ४० देखि ४५ लाख भारतीय रुपैँया लिएर अमेरिका पुर्याउने भन्दै काठमाडौँको होटलमा बन्धक बनाएर राखेकाे काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उक्त कार्यमा संलग्न ९ जनालाई काठमाडौँको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए  । ९ जना मध्य एक जना नेपाली नागरिक रहेकाे उनले बताएका छन् ।

Ncell
Extreme Energy


पक्राउ पर्नेमा भारतीय नागरिकहरु इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा रहेका छन् भने नेपाली नागरिकको प्रहरीले नाम खुलाएको छैन । 

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नक्कली रबर स्टाम्प, बोर्डिङ पास पनि बरामद गरेको छ । उनीहरुले पीडितलाई यातना दिएर पैसा उठाउने गरेको पाइएको हाे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...