नेभिगेशन
सबै कुरा
अपरेशन डंकी :

अपरेशन डंकी : अमेरिका लैजाने भन्दै ११ भारतीय नागरिकलाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ९ जना पक्राउ

काठमाडाैँ । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौँबाट उद्धार भएको छ। ति भारतीय नागरिकहरुलाई मेक्सिकोको बाटो हुँदै अमेरिका लैजान काठमाडौँको होटलमा बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुसँग गिराेहले ४० देखि ४५ लाख भारतीय रुपैँया लिएर अमेरिका पुर्याउने भन्दै काठमाडौँको होटलमा बन्धक बनाएर राखेकाे काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उक्त कार्यमा संलग्न ९ जनालाई काठमाडौँको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए  । ९ जना मध्य एक जना नेपाली नागरिक रहेकाे उनले बताएका छन् ।

Ncell
Extreme Energy


पक्राउ पर्नेमा भारतीय नागरिकहरु इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा रहेका छन् भने नेपाली नागरिकको प्रहरीले नाम खुलाएको छैन । 

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नक्कली रबर स्टाम्प, बोर्डिङ पास पनि बरामद गरेको छ । उनीहरुले पीडितलाई यातना दिएर पैसा उठाउने गरेको पाइएको हाे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।