नेभिगेशन
सबै कुरा
ललिता निवास जग्गा प्रकरण

मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना

काठमाडौँ । विशेष अदालतले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना हुने फैसला सुनाएको छ । फैसलमा उनीहरुले  अनाधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको उल्लेख छ । 

फैसलामा भनिएको छ, ‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अनाधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गर्ने प्रतिवादीहरु मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा, रजिष्ट्रेसन गरेको देखिएको अवस्था हुँदा मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसुरमा निज प्रतिवादीलाई मुख्य प्रतिवादी सरह नै जनही २ वर्ष कैद र बिगो बमोजिम ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ ।’

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।