नेभिगेशन
सबै कुरा

प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर

ललितपुर । ललितपुरको भैंसेपाटीबाट बुङ्मती हुँदै अघि लाग्दा ढुंगा गिट्टी बोकेका टिपरको जाममा परिन्छ । तिनै टिपरलाई पछ्याउँदै फर्सीडोल, डुकुछाप, महादेव खोला हुँदै अघि बढ्दा सामाखेल पुगिन्छ । गोदावरी नगरपालिका वडा नं. ७ स्थित देवीचौर बाबियो गाउँको फेदमा पर्छ सामाखेल । वारी ललितपुर र पारी काठमाडौँ, बिचमा बागमती साँघुरिएर बगेको छ । काठमाडौँपट्टि फास्ट ट्रयाकको ६ लेन सडकको ट्रयाक खोलिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, ललितपुरतर्फ भने एक दशकअघि बनेको बाटोको समेत अहिले नामोनिसान छैन । बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको सामाखेलमा अहिले ३ वटा ढुंगा खानी सञ्चालनमा छन् । खानीबाट भएको उत्खननलाई क्रसिङ गर्न ६ वटा क्रसर खोलिएको छ । ति सबै अवैध र अनुमति नलिएका छन् । 

Extreme Energy
citizen life


करिब एक सय रोपनी निजी जग्गामा खानी सञ्चालन अनुमति लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ निकट दाबी गर्ने एक व्यवसायीले ६४० रोपनी सरकारी जग्गामा दोहन मच्चाएका छन् । तिनै खानी सञ्चालकले बेचेको अवैध ढुंगा गिट्टी त्रिभुव अन्तराष्ट्रिय विमानस्थल निमार्णमा प्रयोग भैरहेको छ । 

सडकको ट्रयाक खोल्ने बहानामा वन सखाप 

२०७१ सालमा पहिलो पटक केदारनाथ तिमिल्सीनाले यस क्षेत्रमा रहेको १०५ रोपनी निजी जग्गामा ढुंगा खानी उत्खनन गर्ने भन्दै मच्छिन्द्रनाथ मल्टिप्रपोज प्राली दर्ता गराएका थिए । खानीसम्म मोटरबाटो पुर्याउन भने उनले गोदावरी नगरपालिकाकै बजेटमा सुपर ट्रयाकका नाममा सामुदायिक वनमा बाटो खोले । मच्छिन्द्र सामुदायिक वन र गिद्धेभिर सामुदायिक वन हुँदै बगुवा जोड्ने सुपर ट्रयाक भन्दै खनिएपनि उनको खानी नजिक पुगेपछि सडक निमार्ण रोकियो । त्यसपछि सुरु भयो सार्वजनिक जमिनको दोहन ।


९ वर्षमा मच्छिन्द्रनाथ मल्टिप्रपोज प्रालीले करिब ३ वटा क्रसर सञ्चालनमा ल्याएको छ । मच्छिन्द्रनाथ मल्टिप्रपोजका सञ्चालक केदार तिमिल्सिनाका अनुसार अहिले मच्छिन्द्र कंक्रिटका नाममा ५ प्रतिशत शेयर रहेको छ भने सजिलो रोडा ढुंगा उद्योगका नाममा ५० प्रतिशत शेयर रहेको छ । यस्तै, एडभान्स क्वालीटी क्रसरको २० प्रतिशत, तिमिल्सिना कन्स्ट्रक्सनको नाममा २५ प्रतिशत शेयर भागबण्डा गरिएको छ । 

मच्छिन्द्र कंक्रिट तिमिल्सिनाकै हो भने सजिलो रोडा ढुंगाका सञ्चालक शशी शाही हुन् । एडभान्स क्वालीटिका सञ्चालक मधुसुदन डोटेल र तिमिल्सिना कन्स्ट्रक्सनका सञ्चालक पञ्चराम महर्जन हुन् । महर्जन निमार्ण व्यवसायी संघ ललितपुरका अध्यक्ष समेत हुन् । 

यस्तै यही ठाउँमा सजमाला घर्ती मगरका नाममा सजमाला ढुंगा खानी सञ्चालनमा छ । यसले पनि महर्जन निर्माण सेवाका नाममा भएको जग्गा सहित कित्ता नं. ११ को सार्वजनिक जमिन उत्खनन् गरिरहेको छ ।

प्रचण्डलाई घर 

तिमिल्सिना गोदावारी ७ का स्थायी बासिन्दा भएपनि उनको खुमलटारमा पनि घर छ । खुमलटारस्थित कान्ती नगरटोलमा रहेको ४ तले सेतो घरमा प्रचण्डका सुरक्षाकर्मी र निजी सचिवालय सदस्यहरुका लागि भाडा लिइएको छ । घरमा प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मी तथा निजी सचिवालयका अन्य सदस्यहरु समेत बस्ने गरेको मच्छिन्द्र मल्टीप्रपोज खानी तथा क्रसरका सञ्चालक समेत रहेको घरबेटी केदारनाथ तिमिल्सिना नै स्वीकार गर्छन् । 

केदारनाथ तिमिल्सिना

प्रधानमन्त्री ‘प्रचण्ड’ निकट रहेको दाबी गर्ने उनले सो घरबाट मासिक ८० देखि ८५ हजार रुपैयाँ भाडा लिने गरेको बताउँछन् । तर, जानकरहरु उनले सो घर सित्तैमा दिएर सोको बदलामा वनको अवैध उत्खननका लागि अनुमति लिएको दाबी गर्छन् । त्यसो त उनलाई भाडा सम्झौता गर्नुभएको छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यहाँ प्रहरी बस्छन् किन सम्झौता गर्नुपर्यो ?’ प्रचण्डको निजी निवासमा समेत खाद्यान्न पुर्याउने तिमिल्सिनाले त्यसैको रवाफ देखाएर सार्वजनिक जमिन उत्खनन गरिरहेको ललितपुरका खानी पीडितहरुको आरोप छ ।  

जनप्रतिनिधि नै सार्वजनिक सम्पत्ति दोहनमा 

सामाखेलको ५ सय मिटर दुरीमै अहिले ३ वटा खानी खुलेका छन् भने ६ वटा क्रसर सञ्चालनमा छन् । मच्छिन्द्रनाथ मल्टिप्रपोजसँग मात्रै ४ वटा क्रसर आवद्ध छने भने निवर्तमान वडा अध्यक्षले समेत अहिले खानी र क्रसर सञ्चालनमा ल्याएका छन् । गोदावरी ७ का पूर्व वडा अध्यक्ष गिरीप्रसाद तिमिल्सिनाले अहिले बढिमालिका खानी उद्योग चलाएका छन् भने मालिका कन्स्ट्रक्सनका नामबाट क्रसर चलाएका छन् ।

गोदावरी ७ का पूर्व वडा अध्यक्ष गिरीप्रसाद तिमिल्सिना

अझ रोचक कुरा त के छ भने यसअघि सामाखेलमा खानी तथा क्रसरले सार्वजनिक जग्गा उत्खनन् गरेकाले कारबाही गरीपाउँ भन्दै यिनै पुर्व वडा अध्यक्ष गिरीले पटक पटक नगरपालिकामा पत्र लेखेका थिए । तर, आफू वडा अध्यक्ष भएकै समयमा छोराछोरी र आफन्तका नाममा जग्गा खरिद गरेका वडा अध्यक्षले अहिले खानी चलाइरहेका छन् ।

जबकी उनले खानीको लाइसेन्स लिएको २ वर्षसम्म अध्ययन गर्ने समय भएकाले उत्खनन गर्न नपाइने व्यवस्था भए पनि ढुंगा गिट्टी उत्खनन् र विक्रीले अहिले उनलाई भ्याइ नभ्याई छ । 

अवैध खानी र क्रसरले ६४० रोपनी सार्वजनिक जमिन खने 

सामाखेलमा बाहुबली रोडा ढुंगा उद्योग पनि सञ्चालमा छ । सुदर्शन विष्ट र अञ्जु पौडेल सञ्चालक रहेको यो उद्योगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बनिरहेको ट्याक्सी वेका लागि ढुंगा गिट्टी आपूर्ति  गरिरहेको छ । स्रोतका अनुसार विमानस्थल निमार्णको ठेक्का पाएको कम्पनी अञ्जु पौडेलकै परिवारको हो । बाहुबली रोडा ढुंगा उद्योगको आफ्नै खानी भने छैन । तर, उसले स्थानीय अर्जुनप्रसाद दुलालको जग्गामा उत्खननका लागि भाडामा लिएको छ । दुलालको जमिन क्वायर एरियामा भने पर्दैन । क्वाएर एरियामा नपर्ने जमिनमा उत्खन्न गर्न पाइदैन । उक्त जमिन समेत खनेर सकेको बाहुबली अहिले कित्ता न ११ को सार्वजनिक जमिन उत्खननमा संलग्न छ । 

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
०८२ ले राजनीति फेर्यो, ०८३ ले संस्कार फेरोस्

०८२ ले राजनीति फेर्यो, ०८३ ले संस्कार फेरोस्

हाम्रा पाठक, दर्शक, शुभेच्छुकसँगै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनमा नयाँ वर्षको शुभकामना । नयाँ वर्ष उत्साहको वर्ष बनोस्, नयाँ आशाको वर्ष बनोस्, नयाँ वर्ष सम्भावनाको वर्ष बनोस्, नयाँ...
रास्वपा सरकारको गतिः प्रधानमन्त्रीको स्पिड पछ्याउँदै मन्त्रीहरु

रास्वपा सरकारको गतिः प्रधानमन्त्रीको स्पिड पछ्याउँदै मन्त्रीहरु

फागुन २१ को चुनावमा होमिँदै गर्दा रास्वपाले भनेको थियो– भावी प्रधानमन्त्री बालेन शाह । चुनावमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत पायो । चैत १३ मा रास्वपाले एकल बहुमतको...
सञ्चालनको पर्खाइमा नागढुंगा सुरुङमार्ग (तस्बिरहरू)

सञ्चालनको पर्खाइमा नागढुंगा सुरुङमार्ग (तस्बिरहरू)

मन्त्रालयले  राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सड

भर्खरै