नेभिगेशन
सबै कुरा
ई-कमर्स प्लेटफर्म ग्यापुका संस्थापकको खुलासाः

व्यवसायी ज्ञानेन्द्र खड्का भन्छन् 'गणेश लामा लगायतले ललितपुरबाट अपहरण गरेर करोडौँ फिरौतीकाे कागज गराए'

काठमाडौँ । व्यवसायी ज्ञानेन्द्र खड्काले आफू दिनदहाडै ललितपुरबाट अपहरणमा परेको दाबी गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् गुण्डा पृष्ठभूमिका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई अपहरण गरेर ८ घण्टा होटलमा बन्धक बनाएको र करोडौँको लेनदेनको फिरौतीको कागज गराएको व्यवसायी खड्काले आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट एक प्रेस वक्तव्य जारी गर्दै खड्काले यो घटना पुस २३ गते घटेको तर असुरक्षाका कारण आज मात्रै मुख खोल्न सकेको बताएका छन् ।

Ncell
Extreme Energy

‘गणेश लामा र सहदेव कक्षपतिलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौती स्वरुप करोडौं लेनदेनको कागज गराए ।,’खड्काले विज्ञप्तिमा भनेका छन् । परिवारका सदस्य र प्रहरीलाई घटना भनिस भने ठिक नहुने धम्कीका कारण यो विषय पहिल्यै भन्न नसकेको र अहिले सुरक्षाको प्रत्याभूति भएपछि बल्ल सार्वजनिक रुपमा यो विषय बाहिर ल्याउन सकेको प्रेस वक्तव्यमा उल्लेख गरेका छन् । ‘ डकैतहरुलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन ।

यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो ।

त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु,’ खड्काले भनेको छन् । घटनाबारे उपत्यका अपराध महाशाखामा माघ २८ गते जाहेरी दिएको पनि खड्काले जनाएका छन् ।

जाहेरीपछि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको र अहिले आएर फिरौती स्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब भइरहेको उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।