नेभिगेशन
सबै कुरा
ई-कमर्स प्लेटफर्म ग्यापुका संस्थापकको खुलासाः

व्यवसायी ज्ञानेन्द्र खड्का भन्छन् 'गणेश लामा लगायतले ललितपुरबाट अपहरण गरेर करोडौँ फिरौतीकाे कागज गराए'

काठमाडौँ । व्यवसायी ज्ञानेन्द्र खड्काले आफू दिनदहाडै ललितपुरबाट अपहरणमा परेको दाबी गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् गुण्डा पृष्ठभूमिका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई अपहरण गरेर ८ घण्टा होटलमा बन्धक बनाएको र करोडौँको लेनदेनको फिरौतीको कागज गराएको व्यवसायी खड्काले आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट एक प्रेस वक्तव्य जारी गर्दै खड्काले यो घटना पुस २३ गते घटेको तर असुरक्षाका कारण आज मात्रै मुख खोल्न सकेको बताएका छन् ।

Ncell
Extreme Energy

‘गणेश लामा र सहदेव कक्षपतिलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौती स्वरुप करोडौं लेनदेनको कागज गराए ।,’खड्काले विज्ञप्तिमा भनेका छन् । परिवारका सदस्य र प्रहरीलाई घटना भनिस भने ठिक नहुने धम्कीका कारण यो विषय पहिल्यै भन्न नसकेको र अहिले सुरक्षाको प्रत्याभूति भएपछि बल्ल सार्वजनिक रुपमा यो विषय बाहिर ल्याउन सकेको प्रेस वक्तव्यमा उल्लेख गरेका छन् । ‘ डकैतहरुलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन ।

यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो ।

त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु,’ खड्काले भनेको छन् । घटनाबारे उपत्यका अपराध महाशाखामा माघ २८ गते जाहेरी दिएको पनि खड्काले जनाएका छन् ।

जाहेरीपछि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको र अहिले आएर फिरौती स्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब भइरहेको उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...