नेभिगेशन
सबै कुरा

कालो मास्क, रात्ताम्मे कपडा र सलको घुम्टो ओडेकी महिलाले चाेरिन् थापाथलीबाट बच्चा

काठमाडाैैँ । कालो मास्क, रात्ताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो 'ब्याग' बोकेकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पताल परिसरबाट प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा आफ्नो पहिचान लुकाएकी ति महिलाले आकाशे रङ्गकाे कपडामा बेरेको बच्चा बोकेर गएको देखिएको छ । 

Ncell
Extreme Energy

काठमाडौँको थापाथलीस्थित प्रसुति गृहबाट शुक्रबार दिउँसो एक बच्चा चोरी भएको हाे ।

केहीबेर अघि एक बच्चा चोरी भएको प्रहरी वृत सिंहदरबारले सिधाकुरालाई जानकारी दिएको छ। प्रहरीका अनुसार थापाथलीस्थित प्रसुति गृह अस्पतालको कम्पाउण्डबाट २६ दिनको बच्चा चोरी भएको हो । 

चौरीदेउराली गाँउपालिका ३ काभ्रेपलाञ्चोक घर भई काठमाडौँको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।

सविनाले २६ दिनअघि छोरीलाई प्रसूति गृहमै जन्माएकी थिइन् । शल्यक्रियापश्चात जन्माएकी छोरीलाई जन्डिस भएपछि उनीहरुले निरन्तर अस्पतालमै राखेर उनको उपचार गराएर तीन दिनअघि मात्र घर लगेका थिए । शुक्रबार फलोअपका लागि अस्पताल पुगेर लाइनमा चिकित्सकको पालो पर्खिरहेका बेला अर्को लाइनमा बसेकी एक महिलाले छोरी बोेकिदिन्छु भनेर लगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...