नेभिगेशन
सबै कुरा

कालो मास्क, रात्ताम्मे कपडा र सलको घुम्टो ओडेकी महिलाले चाेरिन् थापाथलीबाट बच्चा

काठमाडाैैँ । कालो मास्क, रात्ताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो 'ब्याग' बोकेकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पताल परिसरबाट प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा आफ्नो पहिचान लुकाएकी ति महिलाले आकाशे रङ्गकाे कपडामा बेरेको बच्चा बोकेर गएको देखिएको छ । 

Ncell
Extreme Energy

काठमाडौँको थापाथलीस्थित प्रसुति गृहबाट शुक्रबार दिउँसो एक बच्चा चोरी भएको हाे ।

केहीबेर अघि एक बच्चा चोरी भएको प्रहरी वृत सिंहदरबारले सिधाकुरालाई जानकारी दिएको छ। प्रहरीका अनुसार थापाथलीस्थित प्रसुति गृह अस्पतालको कम्पाउण्डबाट २६ दिनको बच्चा चोरी भएको हो । 

चौरीदेउराली गाँउपालिका ३ काभ्रेपलाञ्चोक घर भई काठमाडौँको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।

सविनाले २६ दिनअघि छोरीलाई प्रसूति गृहमै जन्माएकी थिइन् । शल्यक्रियापश्चात जन्माएकी छोरीलाई जन्डिस भएपछि उनीहरुले निरन्तर अस्पतालमै राखेर उनको उपचार गराएर तीन दिनअघि मात्र घर लगेका थिए । शुक्रबार फलोअपका लागि अस्पताल पुगेर लाइनमा चिकित्सकको पालो पर्खिरहेका बेला अर्को लाइनमा बसेकी एक महिलाले छोरी बोेकिदिन्छु भनेर लगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।