नेभिगेशन
सबै कुरा

सबथोक गुमाएका बेसहारा प्रियंका–मनिषा, बाबुको हत्यापछि आमाले जङ्गलमा छाडिन

वीरगंज । गत फागुन ३ गते पर्साको धोबिनी गाउँपालिका -४ की ८५ वर्षीया देवन्दी देवीको निधन भयो । बयोवृद्ध उनको कालगतिको मृत्युपछि गाउँलेहरूले सोही दिन साँझ सिक्टा नदीको छठिया घाटमा शव लिएर पुगे । तर, अन्तिम संस्कार गर्ने परिवारका सदस्य कोही भएनन् । गाउँकै कसैले मृतककी छोरीकी जेठी छोरी अर्थात नातिनी प्रियङ्कालाई दागबत्ती दिन लगाउने प्रस्ताव गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरमा पुगेर १० वर्षीया प्रियङ्कालाई घाटमा ल्याइयो । छिमेकी र आफन्तहरूकै सल्लाहमा नातिनीले हजुरआमालाई अन्तिम दागबत्ती दिइन । १० वर्षको कलिलो उमेरमा छठिया घाटको चिसो सिरेटोमा हजुरआमाको देहलिला समाप्त हुँदै गर्दा प्रियङ्का चिच्याउँदै रोइरहेकी थिइन । भनिरहेकी थिइन 'मेरो सबैथोक सक्कियो ।'

Extreme Energy
citizen life


बाबुको हत्या, आमाले जङ्गलमा छोडिन 

धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीका दशई ठाकुर हजाम र देवन्ती देवीको दुई छोरी थिए । छोरीहरू जेठी सुष्मा देवी र कान्छी रमिता देवी । जेठीको भारत विहारको टेढाकटिमा विनोद ठाकुरसँग विवाह भयो भने कान्छी छोरी रमिताको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका रामबचन ठाकुरसँग बिहे भएको थियो । 

रामबचन ठाकुर र रमिता देवीको कोखबाट दुई वटा छोरीहरू जन्मिए । प्रियङ्का र मनिषा । अहिले प्रियङ्काको उमेर १० वर्षको भयो भने मनिषा ७ वर्षकी मात्रै छिन् ।

वैदेशिक रोजगारीका लागि भारतको पञ्जाब गएको बेला २०७३ सालतिर अज्ञात व्यक्तिले बाबु रामबचनको हत्या गरिदियो । बुबाको हत्या भएकै वर्ष मनिषा जन्मिएकी थिइन । तर, आमा रमिता देवीले बुबाको हत्या भएकै वर्ष प्रियङ्का र मनिषालाई जङ्गलमा छोडेर अर्कैसँग विवाह गरेर भागिन् । 

गाउँलेले जङ्गलमा रुँदै गरेको अवस्थामा दिदी बहिनीको उद्धार गरे । आमाले जङ्गल छोडेका दिदी बहिनीलाई स्थानीयले काकाको घर पुर्याएका थिए । आफ्नै काका श्यामबदन ठाकुरले उनीहरूको रेखदेखको जिम्मा लिन इन्कार गरे । त्यसपछि गाउँलेले मामाघरकी हजुरआमालाई खबर गरे । दुवै जनालाई हजुरआमाको घर पठाए । 

दोस्रो विवाह गरेकी आमाको पनि अकालमै मृत्यु भयो । ७७ वर्षीया वृद्ध हजुरआमाले मजदुरी गरेर र सरकारले प्रदान गरेको वृद्धभत्ताले दुबै दिदी बहिनीलाई जेनतेन खानलाउन  पुर्याएकी थिइन । दुवै दिदी बहिनीलाई स्थानीय विद्यालयमा पढाएकी थिइन् । तर, दिदी बहिनीको एक मात्र सहारा रहेकी देवन्दी देवीको निधन भयो । त्यसपछि दिदी बहिनीको आफ्नो भन्नु कोही रहेनन् ।


किरियामा बेसहारा दिदी बहिनी

पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीमा अहिले दिदी बहिनी हजुरआमाको किरियामा छन् । हजुरआमाको अन्तिम संस्कारका लागि समेत गाउँलेले एक एक सयका दरले चन्दा उठाएका थिए । तर, जसले श्रम गरेर दुई नातिनी पालेकी थिइन्, उनको नै निधनपछि प्रियङ्का र मनिषाको बिचल्ली भएको छ । 

स्थानीय इन्दुदेवीका अनुसार किरिया बसेकी १० वर्षीया प्रियङ्का कुमारी र बहिनी मनिषा कुमारी दुवैको शरीर गलेको छ । उनीहरु के गर्ने के नगर्ने सोच्न सक्ने अवस्थामा समेत छैनन् । 

स्थानीय नरेश पटेलको एकधुर जग्गामा फुसको छाप्रोमा खाटसमेत नरहेको अवस्थामा पराल ओछ्याएर दिदी बहिनी बस्दै आएका उनी बताउँछन् । ‘यी दुवै दिदी बहिनी चिसोमा डर तथा भयले रातभरि सुत्न सक्दैनन् । जर्जर झुपडीमा बस्दै आएका दुवै दिदी बहिनी यतिबेला हजुरआमाको श्राद्धको लागि रकमको खोजीमा छिन्,’ पटेलले भने । घरमा भएको केही अन्न र स्थानीयले मागिदिएको २५ सय रुपैयाँले हजुरआमाको श्राद्ध र आफ्नो खर्च पढाई कसरी गर्ने भन्नेमा दिदी बहिनी अलमल छन्। उनीहरूले सहयोगका लागि मनकारीहरूसँग अपिल समेत गरेका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अध्यादेश रोक्न राष्ट्रपतिलाई दबाब किन ?

अध्यादेश रोक्न राष्ट्रपतिलाई दबाब किन ?

संसद् अधिवेशन सम्मुखमा छ, अध्यादेश टेबलमा छ । यसको अर्थ सरकारले जस्ताको तस्तै जारी गर्न भनेको छ । अर्कोतिर विपक्षी दलहरुले सदन रोकेर अध्यादेश ल्याउन खोजिएको भन्दै अध्यादेश...
कसरी फिर्ता हुन्छ सहकारी पीडितको पैसा ?

कसरी फिर्ता हुन्छ सहकारी पीडितको पैसा ?

सरकारले जारी गरेको कार्यसूचीको ९९औं बुँदामा ‘सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया एक सय दिनभित्रै सुरु गर्ने’ उल्लेख छ । यही बुँदालाई कार्यान्वयन गर्न अहिले मन्त्रालयले यो कार्यविधि...
बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

तर, यो मान्यताका बाबजुद बालेन सरकारले हनिमुन परियडको सुविधा लिएन । संसद बैठकमा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– रास्वपा सरकारलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन, सेकेण्ड सेकेण्ड हिसाब...
काठमाडौँका खोला किनारामा टहरा हालेर बसेका धनाड्या सुकुम्बासीको खोजी

काठमाडौँका खोला किनारामा टहरा हालेर बसेका धनाड्या सुकुम्बासीको खोजी

तर, केही भने सरकारले आफूहरुमाथि अन्याय गरेको गुनासो पनि  गर्दै थिए । हो, सरकारले अतिक्रमित काठमाडौंका नदी किनारका सार्वजनिक जग्गा खाली गराउने अभियान थालेको छ । सरकारको यो...