नेभिगेशन
सबै कुरा

ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो बताएका हुन् ।

Ncell
Extreme Energy

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन गर्न जरुरी भएको बताए । 

लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र ग्रील तथा स्टील व्यवसायी महासंघसँग आगामी दिनमा सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताए ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरुमा उद्योग दर्ता र नवीकरण प्रकृया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरीदिन आग्रह गरे।

कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरुमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उनले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसयीहरुले आयात गर्ने ठूला एवं साना मेसीन औजारहरुमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गरे । 

ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध ११ हजार व्यवसायीहरुको हक हितका निमित्त स्थापित एक मात्र छाता संगठन हो । यो क्षेत्रमा कार्यरत दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरुलाई प्रत्यक्ष एवं परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पूर्वधार विकासमा आवश्यक पर्ने र गृहस्त जीवनमा नभई नहुने सम्पूर्ण ग्रील जन्य सामानहरु फेब्रिकेटिङ्ग गरेर आयातलाई प्रतिस्थापन गरी निर्यात तर्फ उन्मुख रही पूर्वाधार निर्माण तथा विकास निर्माणमा सक्रिय योगदान पु¥याइ रहेको उनले बताए ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपालभर सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरी सञ्जाल बनाउन अगाडी बढीराखेको ग्रील तथा स्टील उद्योग व्यवसायीहरुको पेशागत हकहित एवं मर्यादित व्यवसायको निमित्त समर्पित नेपाल घरेलु तथा साना उद्योग महासंघको वस्तुगत सदस्य हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै