नेभिगेशन
सबै कुरा

नेपाल रत्न तथा आभूषण संघमा भाँडभैलो, वरिष्ठ उपाध्यक्ष र उनका पारिवारिक व्यवसायमाथि कारबाही

काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घमा भाँडभैलो भएको छ । सुन तस्करीका विषयमा संस्थाका पदाधिकारी बीच बढेको द्वन्द्व सामाजिक सञ्जालमै फैलिएपछि संघले आफ्नै वरिष्ठ उपाध्यक्षलाई कारबाही गरेको हो ।

संघका संस्थापक सदस्यसमेत रहेका नरेन्द्र कुमार गुप्तालाई कारबाही गर्दै संघले शुक्रबार गुप्ताका परिवारका सदस्यका नाममा रहेको फर्महरूलाई समेत निष्कासन गरेको हो ।  
संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले अध्यक्ष सहितका पदाधिकारीहरूमाथि अनर्गल प्रचार र विधान विपरीतका गतिविधि गरेको गुप्ताले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘अब उप्रान्त श्री नरेन्द्र कुमार गुप्ताज्यूले प्रतिनिधित्व गर्दै आउनु भएको श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा। लि, श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्स ज्वेलर्स प्रा.लि. विशालबजार र चुच्चेपाटीले गरेको कारोबारहरू प्रति यस नेपाल रत्न तथा आभूषण संघ जवाफदेही नरहने व्यहोरा सम्बन्धित सम्पूर्ण संघ संस्था तथा आम नागरिकहरूलाई जानकारी गराइन्छ,’ संघका अध्यक्ष अध्यक्ष सुमनमान ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सुनको कोटा वितरणमा पारदर्शी नभएको भन्दै सामाजिक सञ्जालमा अभियान चलाउँदै आएका गुप्ताले भने संघका पदाधिकारीमाथि सुन तस्करीमा सघाएको आरोप लगाउँदै आएका छन् । तर, जानकारहरुका अनुसार सरकारले सुन तस्करी छानबिन गर्न गठन गरेको उच्चस्तरीय आयोगमा गुप्ताले बयान दिएपछि संघ भित्र उनको आलोचना बढेको थियो। 

CG

यता संघका वरिष्ठ उपाध्यक्ष गुप्तासँगकाे असमझदारीलाई संघले भने उनका पारिवारिक सदस्यको व्यवसाय माथि समेत रिसइबी साँधेको छ । गुप्ताका बुबा र भाइले सञ्चालन गरेको पसलहरू समेतलाई संघले सदस्यबाट निस्कासन गरेको विज्ञप्तिमा उल्लेख छ । संघले ति पसलहरूको कारोबारको जवाफदेही समेत आफू नभएको विज्ञप्तिमा उल्लेख छ । सङ्घबाट सुनको कोटा पाउने सदस्य पसल निस्कासन भएपछि उसले सुनको कोटा पाउँदैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...
ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड...
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको  भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...