नेभिगेशन
सबै कुरा

नेपाल रत्न तथा आभूषण संघमा भाँडभैलो, वरिष्ठ उपाध्यक्ष र उनका पारिवारिक व्यवसायमाथि कारबाही

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घमा भाँडभैलो भएको छ । सुन तस्करीका विषयमा संस्थाका पदाधिकारी बीच बढेको द्वन्द्व सामाजिक सञ्जालमै फैलिएपछि संघले आफ्नै वरिष्ठ उपाध्यक्षलाई कारबाही गरेको हो ।

संघका संस्थापक सदस्यसमेत रहेका नरेन्द्र कुमार गुप्तालाई कारबाही गर्दै संघले शुक्रबार गुप्ताका परिवारका सदस्यका नाममा रहेको फर्महरूलाई समेत निष्कासन गरेको हो ।  
संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले अध्यक्ष सहितका पदाधिकारीहरूमाथि अनर्गल प्रचार र विधान विपरीतका गतिविधि गरेको गुप्ताले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘अब उप्रान्त श्री नरेन्द्र कुमार गुप्ताज्यूले प्रतिनिधित्व गर्दै आउनु भएको श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा। लि, श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्स ज्वेलर्स प्रा.लि. विशालबजार र चुच्चेपाटीले गरेको कारोबारहरू प्रति यस नेपाल रत्न तथा आभूषण संघ जवाफदेही नरहने व्यहोरा सम्बन्धित सम्पूर्ण संघ संस्था तथा आम नागरिकहरूलाई जानकारी गराइन्छ,’ संघका अध्यक्ष अध्यक्ष सुमनमान ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सुनको कोटा वितरणमा पारदर्शी नभएको भन्दै सामाजिक सञ्जालमा अभियान चलाउँदै आएका गुप्ताले भने संघका पदाधिकारीमाथि सुन तस्करीमा सघाएको आरोप लगाउँदै आएका छन् । तर, जानकारहरुका अनुसार सरकारले सुन तस्करी छानबिन गर्न गठन गरेको उच्चस्तरीय आयोगमा गुप्ताले बयान दिएपछि संघ भित्र उनको आलोचना बढेको थियो। 

Ncell
Extreme Energy

यता संघका वरिष्ठ उपाध्यक्ष गुप्तासँगकाे असमझदारीलाई संघले भने उनका पारिवारिक सदस्यको व्यवसाय माथि समेत रिसइबी साँधेको छ । गुप्ताका बुबा र भाइले सञ्चालन गरेको पसलहरू समेतलाई संघले सदस्यबाट निस्कासन गरेको विज्ञप्तिमा उल्लेख छ । संघले ति पसलहरूको कारोबारको जवाफदेही समेत आफू नभएको विज्ञप्तिमा उल्लेख छ । सङ्घबाट सुनको कोटा पाउने सदस्य पसल निस्कासन भएपछि उसले सुनको कोटा पाउँदैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै