नेभिगेशन
सबै कुरा

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु र आवश्यक परे दूतावासलाई सम्पर्क गर्नु : इजराइलस्थित नेपाली दूतावास

इजराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।  शनिबार मध्यरात इरानले इसरायलमाथि ३ सय भन्दा बढी  ड्रोन र मिसाइलहरू आक्रमण गरेपछि दुतावासले एक सूचना जारी गर्दै आग्रह गरेको हो । 

आइतबार दुतावासले एक सूचना जारी गर्दै भनेको छ, ‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’

त्यस्तै अत्यावश्यक परेमा दूतावासमा सम्पर्क गर्न भन्दै २ नम्बर पनि उपलब्ध गराइएको छ  । द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...