नेभिगेशन
सबै कुरा

लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने

काठमाडाैँ  । आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भइ आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो । बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले केहि छुटेका परियोजनाहरुलाई सम्मेलनमा शोकेशमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरि आवश्यक निर्णय लिने जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै बैठकले ह्वासिन सिमेन्ट परियोजनाको लगानी स्वीकृत गर्नका लागि अध्ययन प्रतिवेदनका आधारमा ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत दिएको उनले बताए । बैठकले डावर नेपालको क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि वार्ता समिति गठन भएको उपाध्यायले जानकारी दिउ  । बैठकमा निजि क्षेत्रले लगानी सम्मेलनको तयारीका बिषयमा प्रसन्नता व्यक्त गरेको र बिभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति आभार व्यक्त गरेको उनले बताए ।

बैठकमा बोर्डका पदाधिकारीहरुले लगानी सम्मेलनको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।