नेभिगेशन
सबै कुरा

‘द डार्क फाइल’ का समाचार सामाग्री हटाउन सर्वोच्चको आदेश, अडियोबारे अनुसन्धान गर्न प्रहरीलाई १५ दिनको समय

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डट कमले प्रकाशन र प्रसारण गरेको ‘द डार्क फाइल’ नामक श्रृङ्खला २४ घण्टाभित्र हटाउन आदेश दिएको छ । सोमबार बसेको सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रशारण र पुनः प्रशारण लगायत कुनै कार्य नगर्न अदातलले आदेश दिएको छ । 

Ncell
Extreme Energy

‘प्रत्यर्थीहरुले सम्पादन तथा सञ्चालन गरेको सिधा कुरा नामक युट्युब  च्यानलमा मिति २०८१।०१।१४ मा अपलोड गरी सम्प्रेषण गरिएको चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ्ग अपरेशन शिर्षकको सामग्री तथा त्यसपछि श्रृंखलावद्ध रुपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो श्रव्य दृष्य सामग्री यो आदेश प्राप्त भएकोमितिले २४ घण्टा भित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू नगराउनु’, अदातलको आदेशमा भनिएको छ । 

त्यस्तै आदेशमा सिधाकुराले उठान गरेको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरिएको देखिएमा कानुनबमोजिम कारबाही अघि बढाउन र सो को प्रतिवेदन १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखी पठाउन भनिएको छ  । 

अदालतले प्रत्यर्थीहरुलाई बैशाख २० गते बयानका लागि सर्वोच्चमा उपस्थित हुनु भनेको छ  । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।
कहाँ पुग्यो संविधान संशोधनको बहस ?

कहाँ पुग्यो संविधान संशोधनको बहस ?

रास्वपाले बालेनको नेतृत्वमा सरकार बनाएपछि फेरि संविधान संशोधनको मुद्दामा बहस हुन थालेको छ । बहस भइरहेको छ । सँगै आम अपेक्षा छ– अब रास्वपाले संविधान संशोधन गर्ने छ,...
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

पछिल्ला केही वर्षयता, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई उठाइरहेको छ । मुद्दा उठाइरहेको छ तर, सुनुवाइ भइरहेको छैन । अब शक्ति राष्ट्रहरुले सुनेका छैनन् भनेर चुप लाग्ने...