नेभिगेशन
सबै कुरा

‘द डार्क फाइल’ का समाचार सामाग्री हटाउन सर्वोच्चको आदेश, अडियोबारे अनुसन्धान गर्न प्रहरीलाई १५ दिनको समय

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डट कमले प्रकाशन र प्रसारण गरेको ‘द डार्क फाइल’ नामक श्रृङ्खला २४ घण्टाभित्र हटाउन आदेश दिएको छ । सोमबार बसेको सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

त्यस्तै उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रशारण र पुनः प्रशारण लगायत कुनै कार्य नगर्न अदातलले आदेश दिएको छ । 

City Express

‘प्रत्यर्थीहरुले सम्पादन तथा सञ्चालन गरेको सिधा कुरा नामक युट्युब  च्यानलमा मिति २०८१।०१।१४ मा अपलोड गरी सम्प्रेषण गरिएको चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ्ग अपरेशन शिर्षकको सामग्री तथा त्यसपछि श्रृंखलावद्ध रुपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो श्रव्य दृष्य सामग्री यो आदेश प्राप्त भएकोमितिले २४ घण्टा भित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू नगराउनु’, अदातलको आदेशमा भनिएको छ । 

त्यस्तै आदेशमा सिधाकुराले उठान गरेको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरिएको देखिएमा कानुनबमोजिम कारबाही अघि बढाउन र सो को प्रतिवेदन १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखी पठाउन भनिएको छ  । 

अदालतले प्रत्यर्थीहरुलाई बैशाख २० गते बयानका लागि सर्वोच्चमा उपस्थित हुनु भनेको छ  । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।