नेभिगेशन
सबै कुरा

एटिएस ब्राण्डको स्वदेशमा उत्पादित विदेशी गुणस्तरको टाइल नेपाली बजारमा उपलब्ध

काठमाडौँ । पशुपति सेरामिक्स् प्रा.लि.ले आफ्नो उत्पादन एटिएस टाइल्सको बिक्रि वितरणको सुरुवात गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्य सम्पूर्ण पूर्वतयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरुलाई बिक्रीमा ल्याएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित यस कम्पनीले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ । 

Ncell
Extreme Energy

कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००x४०० मिमिको पार्किङ्ग टाइल र ६००हx६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । त्यस्तै कम्पनीले क्रमश ३००x४५० को वाल टाइल र ६००x १२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ । कम्पनीले यि सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० बर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको छ । 

“अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छांै,” कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले जानकारी दिए, “यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।”

साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे । 

“अन्तराष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा बार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु बिदेशमा निर्यात हुँदा राष्ट्रको बिदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छांै,” कार्यकारी निर्देशक रौनीयारले भने । 

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ । 

टाइल्स् फर एभ्री एज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ । भने सोचअनुसारको डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भिविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।