नेभिगेशन
पैसाका कुरा

सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले सुरु गर्यो अनलाइन टिकेटिङ्

काठमाडाैँ । नेपाली ट्राभलको क्षेत्रमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले सेवाग्राहीको सहजताका लागि अनलाइन पोर्टलको सुभारम्भ गरेको छ । कम्पनीले औपचारिक कार्यकम गर्दै  वेबसाइटको सुभारम्भ गरेको हो । 

सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको बताएको हो। “विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढिरहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ ।’, कार्यकमको उद्धाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला भन्छन्, “यस सँगै हाम्रो पहुँच विश्व बजार र विश्वभरी छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।”

Dish home
City Express

लामो समयको शोध तथा अनुसन्धानपश्चात् सञ्चालनमा ल्याइएको  www.esevenstar.com मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४ सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । अनलाइनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ । प्रविधिको विकाससँगै ट्राभल एजेन्सीले आगामी दिनमा जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै  www.esevenstar.com को विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको छ ।

त्यस्तै कम्पनीले सस्तो एअर फेयरका अलावा, प्रतिबद्ध ग्राहक सेवा र निरन्तरको विस्तारले सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफूलाई आम ग्राहकमाझ विश्वासिलो टिकेटीङ् सेवा प्रदायकको छवि बनाउन सफल भएको बताएको छ । हरेक वर्ष दर्जनौँ वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले हालै क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाईन्स्, मलेशिया एअरलाईन्स तथा थाई एअरवेजबाट उत्कृष्ठ ट्राभल एजेन्सी अवार्ड हात पार्न सफल भएको छ । 

नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जनाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको डा मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फयुज नामले सूचीकृत छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

गत हप्तादेखि सञ्चालन भएको पिरामिडहोटेलको संरचना म्याग्दीका अन्य होटेलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने पिरामिडशैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई...
अठारौँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

अठारौँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत...
छठपर्व नजिकिए संगै बाँसका सामाग्रीको माग बढ्यो

छठपर्व नजिकिए संगै बाँसका सामाग्रीको माग बढ्यो

महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ...