नेभिगेशन
सबै कुरा

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहेका छन् । 

Ncell
Extreme Energy

बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गङ्गालाल तुलाधर र  डा विजयकुमार पौडेल रहेका छन् ।  

यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ ।

त्यस अवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरे । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउने पुराना कम्युनिष्ट नेताहरु सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित,  शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शीतल झा, विजयलाल श्रेष्ठलगायतलाई सम्मान गरियो । 

एक हजार आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त महाधिवेशन यही असार २० गतेसम्म सञ्चालन हुने महासचिव डा घनश्याम भुसालले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ...
माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा नमुना दिनेहरुको भीड छ ।
पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ जनाको शव व्यवस्थापन गरिएको छ ।
प्रधानमन्त्री बालेनले आज संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री बालेनले आज संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।