नेभिगेशन
सबै कुरा

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 

Ncell
Extreme Energy

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट  नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५-१७ ले पाखा लागायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्‍यो । 

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि  दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 

जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।