नेभिगेशन
सबै कुरा
रिपोटर्स डायरी 

‘रुखमा ठोक्कियो, तेल पोखिएर १५० मिटर धसारिँदै दनदनी बल्यो हेलिकप्टर’  

काठमाडौँ । बुधबार दिउँसो नेपाली आकाशले अर्को एक दुखद् हवाई दुर्घटना ब्याेहोर्यो । त्रिभुवन विमानस्थलमै साउन ९ गते भएको सौर्य एयरको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएको दुई साता नपुग्दै विमानस्थलबाट केही किलोमिटरको दूरीमा रहेको काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र सुर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा पर्यो । 


City Express

भक्तपुरको नलिञ्चोकबाट उडेको हेलिकप्टर ३ मिनेटमै सम्पर्कविच्छेद भएपनि खोजी भने ४५ मिनेटपछि मात्रै थालियो । दुर्घटनामा परी चालकसहित हेलिकप्टरमा सवार चार जना पर्यटकले ज्यान गुमाएका छन् । 

दुर्घटनाको पुष्टि लगत्तै सिधाकुराका ४ जना प्रतिनिधिहरू काठमाडौँबाट घटनास्थलमा पुगेका थिए । उनीहरूले घटनास्थलमा के के देखे यहाँ उल्लेख गरेका छौँ ।   

काठमाडौँबाट सिधाकुराका प्रतिनिधिहरू  लक्ष्मण गिरीउत्तम प्याकुरेल , विजय सापकोटादिपेन्द्र थापामगर घटनास्थल पुगेका थिए । उनीहरुले देखेको घटनास्थलमा पहिले हेलिकप्टर जमिनमा बजारिएर घस्रिँदै १५० मिटर पर पुगेर काँडा घारीमा आगलागीमा परेको देखिन्छ । घना जङ्गलको बीचमा रहेको ढिस्कोमा ठोक्किएर जहाज झाडी फाँड्दै घस्रिएर गएर जलेको देखिएको सिधाकुरा सम्वाददाता विजय सापकोटा बताउँछन् । 

पहिलो पटक हेलिकप्टर ठोक्किएको ठाउँमै कानमा लगाउने हेडसेट, यात्रुका जुत्ता लगायतका सरसामानहरु झरेको देखिएको सापकोटाले बताए । यस्तै, घस्रिएको ठाउँबाट हेलिकप्टर जलेको ठाउँसम्म हेलीका विभिन्न पार्ट पुर्जाहरु छरिएर रहेको तर आगो नलागेको भेटिएको सिधाकुराका अर्का सम्वाददाता लक्ष्मण गिरी बताउँछन् ।

'जहाज ठोक्किएको ठाउँमै इन्धन पोखिएको छ तर पनि मुख्य पार्टस पुगेको ठाउँमा दनदनी हेली जलेको पाइयो,’ गिरी आफ्नो स्थलगत अनुभव सुनाउँछन् ।

स्थानीयहरूको कुरा गराई र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको कुराकानीअनुसार हेलिकप्टर प्रतिकुल मौसमको चपेटामा परेको हुनसक्ने देखिएको सिधाकुराका घटनास्थल पुगेका सम्वाददाता उत्तम प्याकुरेल बताउँछन् । हुस्सुले ढाकेको डाँडामा हेलिकप्टरले बाटो बिराएर रुखमा ठोक्किएर दुर्घटनामा परेको देखिएको उनी बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...

भर्खरै