नेभिगेशन
सबै कुरा

उज्यालो पर्खिरहेको निसेलढोरः मोवाइल चार्ज गर्न २ घण्टा हिडेर ढोरपाटन पुग्छन् स्थानीय

ढोरपाटन । पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । 

विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो । 

Dish home
City Express

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरुले उज्यालो खोजीरहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमा छ ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताइन् । अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाइन्  । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको तर  बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उहाँको भनाइ छ ।

विकले भनिन्, “बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने ? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।”

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताए ।  बजारमा मट्टीतेल पाइन छोडेको उनको भनाइ छ ।

“घाँस दाउरा ल्याउन सिकार आरक्षले दिँदैन”, घर्तीले भने, “जसोतसो बसिरहेका छौँ ।” 

निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताए । ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उनको भनाई छ । गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगर बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...