नेभिगेशन
सबै कुरा

समयमै जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

इलाम । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुई सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट रु ११ लाख ३५ हजार हजार पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए। 

Extreme Energy
citizen life

देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई रु १५ लाख ६० हजार पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उनको भनाइ छ । 

त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले रु १० लाख २० हजार दाहसंस्कार खर्च प्राप्त गरेका थिए । 

घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए। देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई रु नौ लाख ५० हजार दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट रु ३५ लाख चार हजार पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो । उनीहरुलाई नगरपालिकाले वार्षिक रुपमा एकमुष्ठ रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए । 

देउमाईले आव २०७९/८० मा एक हजार पाँच सय ७६ ज्येष्ठ नागरिकलाई रु ३१ लाख ५२ हजार पोसाक भत्ता उपलब्ध गराएको थियो । यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ । देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत रु पाँच हजारका दरले रु एक लाख २५ हजार उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए । देउमाईले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाइले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई रु दुई लाख उपचार खर्च उपलब्ध गराएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडाले वडापरिसरमा बस्ने लेखन्दासहरुलाई हटाएको छ । वडाले अहिले वडा सदस्य प्रयोग गरेर चार जना वडा सदस्यलाई हरेक हप्ता १ जनाले अनिवार्य जनतालाई सहजीकरण गर्ने निर्णय गरि कार्यान्वयन...
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...

भर्खरै