नेभिगेशन
सबै कुरा

‘सुगर ड्याडी’ प्रकरणः आशिष देउलासहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आशिष देउला सहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रवहादुर कार्कीको इजलासले उक्त आदेश गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले काठमाडौँको बुढानिलकण्ठ १ घर भएका आशिष देउलासहित टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउने आदेश गरेको हो । 

Ncell
Extreme Energy

उनीहरुमाथि अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । आफूहरुलाई देउलाको समूहले क्रुर यातना दिएको भन्दै दुई जना पीडितहरुले जाहेरी दिएका थिए । त्यसबाहेक पनि अन्य थुप्रै पीडितहरुले आफूहरुलाई देउलाको समूहले चरम यातना दिएको सिधाकुरासँग बताएका छन् । पीडितहरुका अनुसार देउलाको समूहले उनीहरुलाई आइरनले डामेको, नङमा दर्जनौँ पटक सियोले कोपेको, पाइप काट्नै कैँचीले गोप्य अङ्ग काट्न खोजेको, मलद्वारमा भिक्स हालिदिएको, आँखामाथि घाउ बनाएर त्यही घाउमा सन्चो हालिदिएको बताएका थिए । 

बयानका क्रममा उनीहरुले आफूहरुले यातना दिएकाे स्वीकार गरेका छन् । 

भदौ १७ गते देउलाबाट पीडित भएका व्यक्तिहरुले हामीलाई आफूले भोगेको यतानाबारे सुनाएका थिए । हामीले घटनाबारे बताएपछि काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त रजौरेले तत्काल एक्सन लिएका थिए । १८ गते देउलालाई पक्राउ गर्न डिएसपीको कमाण्डमा २ जना इन्स्पेक्टरसहित २५ जना सादा पोशाकमा खटाइएको थियो । उक्त टोलीले सोही दिन साँझ देउलाको घरमा छापा मारेर उनीसहित ४ जना नियन्त्रणमा लिएको थियो । प्रहरीले देउलाको घरबाट यातना दिन प्रयोग भएका बिभिन्न सामग्रीहरु बरामद गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...