नेभिगेशन
सबै कुरा

‘सुगर ड्याडी’ प्रकरणः आशिष देउलासहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आशिष देउला सहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रवहादुर कार्कीको इजलासले उक्त आदेश गरेको हो । 

अदालतले काठमाडौँको बुढानिलकण्ठ १ घर भएका आशिष देउलासहित टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउने आदेश गरेको हो । 

City Express

उनीहरुमाथि अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । आफूहरुलाई देउलाको समूहले क्रुर यातना दिएको भन्दै दुई जना पीडितहरुले जाहेरी दिएका थिए । त्यसबाहेक पनि अन्य थुप्रै पीडितहरुले आफूहरुलाई देउलाको समूहले चरम यातना दिएको सिधाकुरासँग बताएका छन् । पीडितहरुका अनुसार देउलाको समूहले उनीहरुलाई आइरनले डामेको, नङमा दर्जनौँ पटक सियोले कोपेको, पाइप काट्नै कैँचीले गोप्य अङ्ग काट्न खोजेको, मलद्वारमा भिक्स हालिदिएको, आँखामाथि घाउ बनाएर त्यही घाउमा सन्चो हालिदिएको बताएका थिए । 

बयानका क्रममा उनीहरुले आफूहरुले यातना दिएकाे स्वीकार गरेका छन् । 

भदौ १७ गते देउलाबाट पीडित भएका व्यक्तिहरुले हामीलाई आफूले भोगेको यतानाबारे सुनाएका थिए । हामीले घटनाबारे बताएपछि काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त रजौरेले तत्काल एक्सन लिएका थिए । १८ गते देउलालाई पक्राउ गर्न डिएसपीको कमाण्डमा २ जना इन्स्पेक्टरसहित २५ जना सादा पोशाकमा खटाइएको थियो । उक्त टोलीले सोही दिन साँझ देउलाको घरमा छापा मारेर उनीसहित ४ जना नियन्त्रणमा लिएको थियो । प्रहरीले देउलाको घरबाट यातना दिन प्रयोग भएका बिभिन्न सामग्रीहरु बरामद गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।