नेभिगेशन
सबै कुरा

८६ वर्षको उमेरमा रतन टाटाको निधन

काठमाडौँ । भारतीय प्रख्यात धनाड्य व्यापारी रतन टाटाको निधन भएको छ । गएराति ८६ वर्षको उमेरमा उनको निधन भएको टाटा ग्रुपले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रतन टाटा विश्वभर प्रख्यात भारतीय टाटा ग्रुपका अध्यक्ष हुन् । ‘हाम्रो प्रिय रतन टाटाको शान्तिपूर्ण निधनको घोषणा गर्दा हामी गहिरो दुःखमा छौँ’ टाटा ग्रुपको तर्फबाट उनको परिवारले जारी गरेको शोक वक्तव्यमा भनिएको छ । 

Ncell
Extreme Energy

उनी केहिदिन देखि मुम्बईको ब्रिज क्याण्डी अस्पतालमा उपचाररत थिए । गए राति उपचारकै क्रममा उनको निधन भएको टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनद्धारा जारी शोक वक्तव्यमा उल्लेख छ । 

टाटा ग्रुपले भारत सरकारलाई वार्षिक एक सय बिलियन डलर हाराहारी कर तिर्छ । टाटा विश्व बजारमा सबै प्रकारका सवारी बिक्रीमा अग्रणी ग्रुप हो । कम्पनीका एयर इन्डिया, टाटा स्टील्स लगायतका दर्जनौँ ब्रान्डहरू पनि विश्वस्तरीय छन् । ग्रुप अन्तरगत १० लाख मानिसहरूले रोजगारी पाइराखेका बताइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हेटौँडा कपडा उद्योग चलाउने जिम्मा सेनालाई, दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने

हेटौँडा कपडा उद्योग चलाउने जिम्मा सेनालाई, दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु...
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...
यशोदा फुड्सले भन्यो, ‘करेन्ट हट एण्ड स्पाईसी चाउचाउ’मा कैफियत छैन

यशोदा फुड्सले भन्यो, ‘करेन्ट हट एण्ड स्पाईसी चाउचाउ’मा कैफियत छैन

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मिति तथा ब्याच नं. २०२६/०२/२३—०४ए को चाउचाउ बाहेक अन्य मितीमा उत्पादीत ब्याच नं.०४ ए वा सो भन्दा फरक ब्याच नं. भएका सम्पुर्ण...
यी उद्योगले तिरेनन् राज्यलाई करोडौँ भाडा, एक सातामा नबुझाए सिल गर्ने चेतावनी (सूचिसहित)

यी उद्योगले तिरेनन् राज्यलाई करोडौँ भाडा, एक सातामा नबुझाए सिल गर्ने चेतावनी (सूचिसहित)

औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडले सोमबार सार्वजनिक सूचनाअनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारिक घराना नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन् ।...

भर्खरै