नेभिगेशन
सबै कुरा

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै, उपाधि जित्नेमा दुवै टोली विश्वस्त

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । खेलका लागि टीम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलअघि मंगलबार रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टीम बंगलादेशलाई पराजित गर्दै उपाधी जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए । यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उनले बताए । उनले महिला फुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राखे । 

Ncell
Extreme Energy

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधी जित्नेमा विश्वस्त रहेको बताइन् । नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उनको भनाइ छ । उनले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि बताइन् । 

त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताएका छन् । सेमिफाइनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान्...
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।