नेभिगेशन
सबै कुरा

साफ वुमन च्याम्पियनसिप फाइनलको टिकट एन्फा आफैँले बेच्ने, यी ठाउँमा पाइन्छ टिकट

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट आफैँले बिक्रि गर्ने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फाले सुरक्षाका कारणले फाइनल खेलको टिकट आफैँले बिक्रि गर्ने निर्णय गरिएको जनाएको हो ।

बुधबार नै जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर विक्री गरिने एन्फाले जनाएको छ । यसअघि नेपाल र भारतबीचको सेमिफाइनल खेलको टिकट सिट संख्या भन्दा बढि बिक्रि गरिएको पाइएको एन्फा प्रवक्ता सुरेश शाहले बताए । माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो । एन्फाले फाइनलका लागि उक्त कम्पनीले बिक्रि गरेको टिकट रद्द गर्दै टिकटको रकम फिर्ता गर्न भनिसकेको प्रवक्ता शाहले जानकारी दिए । 

Dish home
City Express

एन्फाले साधारणतर्फ ११ हजारको संख्या र र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने जानकारी दिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...