नेभिगेशन
सबै कुरा

पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताए । 

अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि विसं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो ।

“हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो”, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, “कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।”

धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै