नेभिगेशन
सबै कुरा

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्सलाई जापानमा एसोसियो अन्तराष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड

टोकियो, जापान । नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन-आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशनको आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीलाइ अवार्ड हस्तारन्तरण गर्दै सम्मानित गरिएको हो । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिवेलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेषगरी गभर्नमेन्ट टु बिजनेस (जीटूबी) र गभर्नमेन्ट टु सिटिजन (जीटूसी) अन्तरक्रियामा सुधार ल्याउनका लागि कम्पनीले गरेको योगदानको लागि प्रदान गरिएको हो।

Ncell
Extreme Energy

एसोसियो एसियाका २४ राष्ट्रहरुको सूचना प्रविधिका संस्थाहरुको अन्तराष्ट्रिय महासंघ हो। संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने संस्था, कम्पनी तथा व्यक्तिहरूलाइ सम्मान गर्ने गरेको छ । यो पुरस्कार एसोसियो डिजिटल सम्मेलनमा प्रदान गरिएको हो ।

सम्मेलनमा एशिया(प्यासिफिक क्षेत्रका डिजिटल प्रविधिका उद्योगको नेतृत्वहरू, नवप्रवर्तकहरू र विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ ।

इन्फोडिवेलपर्सको पहिचान नेपालमा सार्वजनिक क्षेत्रको डिजिलाइजेसन गर्ने प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उन्नत फिनटेक र आईसीटी समाधानहरूले सरकारी प्रणालीसँग एकीकरण गरेर सार्वजनिक सेवाहरूमा दक्षता, पारदर्शिता र पहुँचमा सुधार ल्याउदै आइएको छ ।

डिजिटल गभर्नमेन्ट अवार्ड प्राप्त गर्नु इन्फोडिवेलपर्सको नवप्रवर्तन र उत्कृष्टतामा प्रतिबद्धताको नतिजाको रूपमा लिएको कम्पनीले जनाएको छ । कम्पनीको टोलीको समर्पण, जोश र विशेषज्ञताले काम गरेको प्रमाण हो, जसले नेपालका सरकारी क्षेत्रहरूमा अत्याधुनिक प्रविधि समाधानहरू ल्याउन निरन्तर प्रयास जारी रहने इन्फोडेभलपर्सले जनाएको छ ।

“हामी एसोसियोबाट यो सम्मान प्राप्त गरेर गर्वित छौं,” निर्देशक रघुवंशीले भने,”यो हाम्रो सम्पूर्ण टोलीको कठोर परिश्रम र दृष्टिकोणको प्रतिबिम्ब हो। यस पुरस्कारले नेपालका कम्पनीहरूको वैश्विक डिजिटल पारिस्थितिकी तन्त्रमा बढ्दो भूमिका देखाउँछ। हामी नेपाल सरकारको डिजिटल रूपान्तरणको यात्रामा अझ प्रभावकारी परियोजनाहरूमा सहकार्य गर्न तत्पर छौं।”

इन्फोडिवेलपर्सले क्यान महासंघ नेपाललाई धन्यवाद दिएको छ । क्यान महासंघका उपाध्यक्ष समेत रहेका रघुवंशीले संस्थाको सहयोगले नेपालका सफ्टवेयर कम्पनीहरूको विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निभाएको रघुवंशीले बताए ।

इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड सन् २००२ मा स्थापित, एक प्रमुख फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो जसले अत्याधुनिक वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्ने गर्दछ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरू, सरकारी तथा सरकारी क्षेत्रलाइ कम्पनीले सेवा प्रदान गर्दै आइरहको छ । कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआई(चालित स्वचालन उपकरणहरू र ग्राहक सेवा र सञ्चालन कार्यक्षमता सुधार गर्न अनुकूलित सफ्टवेयर समाधानहरूमा केन्द्रीत रहेको छ।

इन्फोडेभलपर्समा २०० भन्दा बढी सूचना प्रविधिका जनशक्ति कार्यरत छन्। नेपालका आईटी र फिनटेक क्षेत्रहरूमा दक्ष तथा अनुभवी कम्पनीका रूपमा चिनिन्छ । भविष्यको वित्तीय प्रविधिमा नयाँ दिशाहरू कायम गर्न प्रतिबद्ध रहको र थप सेवा विस्तारको अभ्यासमा रहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।